Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मानव अधिकारमैत्री नीति निर्माणमा जिसस प्रमुख चापाईँको जोड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मानव अधिकारमैत्री नीति निर्माणमा जिसस प्रमुख चापाईँको जोड

संसारपोस्ट संवाददाता · २ आश्विन २०७९ · 0
मानव अधिकारमैत्री नीति निर्माणमा जिसस प्रमुख चापाईँको जोड
80
SHARES
ShareTweet

बुटवल, २ असोज । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापाईँले मानव अधिकार प्रवद्र्धनको अभियानमा अभियन्तासंग आफूपनि सँगसँगै रहेको बताएका छन् । उनले मानिसको बाँच्न पाउने अधिकार सुरक्षित हुनुपर्ने बताउँदै यो मानवतावादी अभियानमा आफू पनि सँगसँगै रहेको बताए ।
एम्नेस्टी इन्टरनेशनल नेपालले आईतबार बुटवलमा आयोजना गरेको मानव अधिकार शिक्षा कार्यक्रममा बोल्दै उनले मानवअधिकारको प्रवद्र्धनमा अभियन्ताको अगाडि आफू लागेर हिड्ने प्रतिवद्धता व्यक्त गरे । उनले मानव अधिकारको प्रवद्र्धनको लागि स्थानीय तहले के गर्न सक्छन् कस्ता नीति लिनुपर्छ त्यसको पहल र पैरवीका लागि एम्नेस्टीसंग आफूपनि संगै हिड्ने बताए ।
एम्नेस्टी मानवअधिकारको प्रवद्र्धनको लागि विश्वव्यापी सञ्जाल हो । मानव अधिकारको रक्षा, प्रवद्र्धन र पैरवीका लागि यसले काम गर्दै आएको छ । मानवअधिकारको रक्षाको लागि स्थानीय सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताउँदै मानव अधिकारमैत्री नीति निर्माण र त्यसको कार्यान्वयनमा उनले जोड दिए ।
एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानव अधिकारको क्षेत्रमा एम्नेस्टीले खेलेको भूमिकाको बारेमा जानकारी गराउँदै यसका सुधार गर्नुपर्ने कुराहरु राखेका थिए । उनले एम्नेस्टी नेपालको संरचनागत सुधारका कुराहरु राखे ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले मानवअधिकारको रक्षा र प्रवद्र्धनमा एम्नेस्टीले खेलेको भूमिकाको प्रशंसा गरे । उनले यो अभियानलाई अझै ससक्त बनाउन पनि सुझाव दिए ।
एम्नेस्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष राजन कुइकेलले एम्नेस्टी नेपालले नेपालमा द्वन्द्वकालिन समयमा ससक्त काम गरेको बताउँदै मानव अधिकार रक्षाका लागि राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय दवाव सिर्जना हुने जानकारी गराए ।
एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले मानवअधिकारको सवालमा विश्वव्यापी रुपमा भईरहेको परिवर्तनले मानव अधिकारमा पार्ने प्रभाव र एम्नेस्टीले खेल्ने भूमिकाका बारेमा भनाई राखेका थिए ।
कार्यक्रममा एम्नेस्टी नेपालकी रणनीति तर्जुमा समितिकी संयोजक पार्वता आचार्य, एम्नेष्टी नेपालका कोषाध्यक्ष रोशन बजगाँई, बोर्ड सदस्य देवेन्द्र सेजुवाल लगायतले मानव अधिकार र एम्नेस्टीले गर्ने कामहरुको बारेमा प्रकाश पारेका थिए ।
एक दिनको यो कार्यक्रममा लुम्बिनी, कर्णाली, सुदुरपश्चिम, गण्डकी र बागमती प्रदेशका समूहका संयोजक तथा प्रतिनिधि गरी ६० जनाको सहभागिता रहेको एम्नेस्टी इन्टरनेशनल नेपाल आमसञ्चार र मानवअधिकार समितिका सदस्य कबिन्द्र नेपालले जानकारी गराए । बुटवलमा आएका एम्नेस्टी अभियन्तालाई एम्नेस्टी इन्टरनेशनल नेपाल समूह १२ बुटवल र निर्माणाधिन बुटवल महिला समूहले स्वागत गरेका थिए ।

≪ Previous Post

परिवार नियोजन दिवस : सेवाको समता मुलक पहुँचका लागि थप लगानी आवश्यकता

Next Post ≫

खरिद गरेको परिमाणमा इन्धन उपलब्ध गराउन निगमसंग ब्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क