Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ खरिद गरेको परिमाणमा इन्धन उपलब्ध गराउन निगमसंग ब्यवसायीको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खरिद गरेको परिमाणमा इन्धन उपलब्ध गराउन निगमसंग ब्यवसायीको माग

संसारपोस्ट संवाददाता · २ आश्विन २०७९ · 0
खरिद गरेको परिमाणमा इन्धन उपलब्ध गराउन निगमसंग ब्यवसायीको माग
90
SHARES
ShareTweet

बुटवल, २ असोज । नेपाल आयल निगम लुम्विनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीमा सरुवा भइ आएका प्रादेशिक प्रमुख जगदिशचन्द्र यादवलाई पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन, बुटवलले आइतबार स्वागत गरेको छ ।
एशोसिएसनले कार्यालयबाट सरुवा भई जान लागेका प्रादेशिक प्रमुख नवविनोद पोखरेललाई बिदाई र यादवलाई स्वागत गरेको हो ।
सो अवसरमा बोल्दै पेट्रोलियम व्यवसायीहरूले खरिद गरेको इन्धन नपुग्ने समस्या झेल्दै आएको बताउँदै यसको दीगो समाधान हुने गरी काम गर्न नयाँ कार्यालय प्रमुखलाई सुझाव दिए । डिपो बाट लोड भई ट्याङकर चालकले डिलर्स सम्म पुर्याउंदा खरिद गरेको भन्दा कम इन्धन पुग्ने समस्या देखिएको उनीको भनाइ छ ।
केन्द्रीय कार्यायलबाट सरुवा भई भलवारी डिपोमा आएका प्रमुख यादवले इन्धनको घाटा रोक्न व्यवसायीहरु लाग्नुपर्ने बताए । उनले इन्धन ल्याएको याङकरको रेकर्ड ब्यवसायीहरुले राखेर कार्यालयमा सूचना गरेमा त्यस्ता ट्यांकरलाई छानविन गरी कार्यालयले आवश्यक कारवाही अगाडि बढाउने बताए । ‘ट्याङकरको किलिनिङ गर्न जरुरी छ भन्दै उनले पम्पको नियमित चेकजाँच सँगै आगलागी घटना न्यूनीकरणका लागि पनि व्यवसायीहरुले सेफ्टी अपनाउन आवश्यक छ’ यादवले भने । उनले ब्यवसायीहरुसंग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउंदै नियतवस ब्यवसायीहरुलाई निरास बनाउने काम आफुवाट नहुने विश्वास दिलाए ।
कार्यक्रममा प्रादेशिक कार्यालयबाट केन्द्रीय कार्यालयमा सरुवा भएका प्रमुख नवविनोद पोख्रेलले ब्यवसायीका समस्याप्रति आफू जहाँ भए पनि सहयोग गर्न तयार रहेको बताए ।
एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले लकिङ प्रणाली प्रभावकारी नभएको भन्दै त्यसतर्फ डिपोको ध्यान जान आग्रह गरे । ‘लकिङ प्रणाली जहाँ पायो त्यही नखुल्ने बनाउनपर्ने देखियो । जसले गर्दा चुहावट रोकिएन चालकका कारण खरिद गरेको इन्धन डिलर्ससम्म पुग्दा इन्धन पुग्दैन’ अध्यक्ष न्यौपानेले भने । पुरा मूल्य भूक्तानी गरेपछि पुरा परिमाणको इन्धन ब्यवसायीले पाउनु पर्ने भन्दै उनले यसतर्फ कार्यालय प्रमुखको ध्यानजानुपर्ने वताए । ब्यवसायीहरुले आफै अप्ठेरो र समस्यामा पर्ने गरी गलत काम नगर्ने भन्दै उनले निगमले ब्यवसायीहरुलाई सम्मान गर्नुपर्ने बताए ।
एशोसिएनका बरिष्ठ उपाध्यक्ष हिमाल गैरेले पेट्रोलियम ब्यवसायी निगमसंग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताए । यस क्षेत्रका ब्यवसायीले विगत लामो समयदेखि इन्धन लसको समस्या भोग्दै आईरहेको भन्दै समस्या समाधान गर्ने तर्फ निगमको ध्यानजानु पर्ने बताए । एशोसिएसनका महासचिव हरिराम कसौधनले इन्धनको मूल्य बढे पनि व्यवसायीले पाउनुपर्ने कमिसन नबढ्दा घाटामा इन्धन विक्री गर्न बाध्य भएको गुनासो गरे । एशोसिएसनका प्रेस सल्लाहकार खिमानन्द भट्टराईले व्यवसायीका समस्या सम्वोधन गर्नेतर्फ नव आगन्तुक प्रमुखको ध्यान जानुपर्ने बताए ।
एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

≪ Previous Post

मानव अधिकारमैत्री नीति निर्माणमा जिसस प्रमुख चापाईँको जोड

Next Post ≫

शान्ति नमुनाको खेलमा ज्ञानगंगा बिजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क