Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औद्यागिक विकासको लागि औद्योगिक क्षेत्र र पूर्वाधार निर्माण आवश्यक : महासंघ अध्यक्ष गोल्छा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औद्यागिक विकासको लागि औद्योगिक क्षेत्र र पूर्वाधार निर्माण आवश्यक : महासंघ अध्यक्ष गोल्छा

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७९ · 0
औद्यागिक विकासको लागि औद्योगिक क्षेत्र र पूर्वाधार निर्माण आवश्यक : महासंघ अध्यक्ष गोल्छा
130
SHARES
ShareTweet

बुटवल, २७ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको औद्योगिक विकासको लागि औद्योगिक क्षेत्रको विकास र पूर्वाधार निर्माणमा जोड दिनुभएको छ । औद्योगिक विकासको लागि सरल तरिकाले जग्गाको प्राप्ति र प्राप्त भएको जग्गामा पूर्वाधार विकासमा सरकारले सघाउनु पर्ने भन्दै अध्यक्ष गोल्छाले औद्योगिक क्षेत्रका उद्योगहरुको लिज सम्झौताको समयावधी पनि बढाउनु पर्ने बताउनुभयो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६९ औं साधारण सभाको सोमबार बुटवलमा उद्घाटन गर्दै महासंघका गोल्छाले कोरोना महामारी, कर्जा प्रवाहमा तरलताको अभाव, रुस युक्रेन युद्ध लगायतका कारणले उद्योगी व्यवसायी ठूलो मारमा परेको भएपनि नेपालमा बंगलादेश र पाकिस्तानको जस्तो समस्या नआउने प्रष्ट पार्नुभयो । ‘समस्या छ नभएको होईन ।’ उहाँले भन्नुभयो–‘अब देश बंगलादेश, पाकिस्तान जस्तो हुन्छ भन्ने शब्दले उद्योगी व्यवसायीको मनोवल गिराएको छ, हामीले विज्ञहरुसंग पनि परामर्श गरेका छौ, मुलुक त्यस्तो दुर्घटनामा फस्ने खालको समस्या होईन ।’
बैंकको व्याजदर सय प्रतिशत भन्दा बढी भएको उल्लेख गर्दै उहाँले त्यसले उद्योगी व्यवसायीहरु ठूलो मारमा परेको बताउनु भयो । मुलुकको अर्थतन्त्रको सुधारको लागि सन् २०३० सम्मलाई तार्गेट गरेर महासंघले ल्याएको भिजन पेपरलाई सरकारले ईन्डोर गरेको बताउँदै कतिपय कुराहरु सम्बोधन भईसकेको भनाई राख्नुभयो । उद्योगी व्यवसायीको समस्याको समाधानको लागि महासंघले विज्ञहरुसंग सल्लाह गर्ने र पहल पैरवी गर्ने काम गरिरहेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खुला सिमानाका कारण यस क्षेत्रका व्यवसायी मारमा परेको जानकारी गराउँदै समस्या समाधानको लागि पहल गरिदिन महासंघलाई आग्रह गर्नुभयो । अध्यक्ष कसजूले चालू पूंजी कर्जा मार्ग निर्देशन अव्यहारिक रहेको, समयमा सडक निर्माणको काम नसकिदा व्यवसायी मारमा परेको, तरलता अभाव, महंगी लगायतका समस्या राख्दै सरकारका व्यवसायिक अव्यवहारिक नीतिका कारण लागत बढ्नुको साथै प्रतिस्पर्धी क्षमतामा ह्रास आएको उल्लेख गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा मोतिपुर औद्योगिक क्षेत्र निर्माणको लागि जग्गाको नापजाँच सुरु भएको बताउनु भयो । त्यस्तै बुटवल १५ मा कृषि थोक बजार केन्द्र निर्माणको तयारी भएको जानकारी गराउदै उहांले व्यवसायिक तथा औद्योगिक विकासको लागि बुटवल उपमहानगरपालिका निजी क्षेत्रसंग सहकार्यको लागि तयार रहेको भनाई राख्नुभयो ।
महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले सरकारी नियमनले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको बताउंदै समस्या समाधानको लागि महासंघले नेतृत्व लिनुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रको प्रवर्धन र विकास हुन सकेन भने देशको अर्थतन्त्र विग्रिदै जाने भएकाले सरकारले समयमै ध्यान दिनुपर्ने भनाई राखनुभयो ।
महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले स्थानीय तहमा करको दर घटाउन प्रतिस्पर्धा गर्नुपर्नेमा बढाउन प्रतिस्पर्धा भइरहेको आरोप लगाउनु भयो । उहाले सरकारले ल्याउने नीतिले स्थायित्व पाउनुपर्ने बताउदै नीति स्थायित्व नहुंदा व्यवसायी मारमा परेको बताउनु भयो ।
बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारका नियमनकारी निकायले आफूले गल्ती गर्ने र निजी क्षत्रलाई दोष दिने गरेको बताउनु भयो । सात दिन बैंकको कर्जा शून्य गर्नुपर्ने राष्ट्र बैैंकको नयां व्यवस्था उद्योगी व्यवसायीको हित विपरित रहेको उहांले बताउनु भयो ।
एशोसियट उपाध्यक्ष रामचन्द्र सांघाईले मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा सरकार गम्भिर नदेखिएको बताउदै चाँडो बनाउनु पर्ने भनाई राख्नुभयो । उहाले तरलता अभाव लगायत बैकिङ जटिलताले व्यवसायी मारमा परेको बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उद्योगी व्यवसायीको हित कसरी गर्न सकिन्छ नगरपालिका लागि परेको जानकारी गराउनु भयो । उहाँले बुटवलको ट्राफिक व्यवस्थापनको लागि १ हजार ४४० वटा अटो रिक्सालाई मात्रै सञ्चालन अनुमति दिने निर्णय गरि दर्ताको काम सुरु भएको जानकारी गराउनु भयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उद्योगी व्यसायीहरुले आफ्ना हक अधिकारसँगै उपभोक्ता हितमा पनि उत्तिकै ध्यान दिन आग्रह गर्नुभयो । उहाँले रात्रीकालिन व्यवसाय मापडण्ड स्वीकृत भईसकेको जानकारी गराउँदै मापदण्ड अवलम्वन गरेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष उमेश श्रेष्ठले महासंघले साना ठूला सबै उद्योगी व्यवसायीका समस्या समाधान गर्न ध्यान दिनुपर्ने भनाई राख्नुभयो ।
नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग व्यवसाय क्षेत्रमा संकट बढ्न थालेको बताउंदै महासंघलाई पहल पैरवी गर्न आग्रह गर्नुभयो । उहाँले बैंकहरुको मर्जरले बैकिङ प्रतिस्पर्धा घटेको र व्याजदर बृद्धि हुँदै गएको बताउँदै विमामा पनि संकुचन भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा थाहा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कविराम खत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सम्मानित मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतले साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

समाजसेवी अधिकारी र खेलाडी मास्केलाई सम्मान

संघको साधारण सभाको अवसरमा समाजसेवी रामजी अधिकारी र खेलाडी प्रसंगध्वज मास्केलाई सम्मान गरिएको छ ।
मानवताको सेवामा समर्पित मानव सेवा आश्रमका अध्यक्ष अधिकारी र वास्केटवल खेलाडी मास्केलाई सम्मान गरिएको हो । उहाँहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सम्मान पत्र सहित दोसल्ला र माला लगाएर सम्मान गर्नु भएको हो ।
त्यसै अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको जलविनायक गणेश मन्दिर र द आर्ट अफ लिभिङ बुटवल सेन्टरलाई आर्थिक सहयोग गरिएको छ । मन्दिरको सञ्चालन व्यवस्थापन र द आर्ट अफ लिभिङ बुटवल सेन्टरलाई भवन निर्माणको लागि जनही १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

≪ Previous Post

तिलोत्तमा नगरपालिकामा चारवटा ठूला आयोजना निर्माण हुंदै

Next Post ≫

कम्युनिस्टलाई विकास र लोकतन्त्रप्रति प्रतिबद्ध बनाउन गठबन्धन : सहमहामन्त्री राठौर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क