तिलोत्तमा, २७ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चारवटा ठूला आयोजना निर्माण हुने भएका छन् ।
तिलोत्तमा नगरपालिकाले एसियाली बिकास बैंक एडिबिको ऋण सहयोगमा तिलोत्तमा नगरमा आधुनिक चिस्यान केन्द्र र तीनवटा सुविधा सम्पन्न कालोपत्रे सडक निर्माण गर्न लागेको हो ।
करिब ३५ करोडको लागतमा तिलोत्तमा १७ मा बहुउद्धेश्यीय सुविधासम्पन्न र आधुनिक चिस्यान केन्द्र निर्माण हुने छ । चिस्यान केन्द्र पांच बिगाहा क्षेत्रफलमा बन्नेछ ।
नगरमा थप तीनवटा कालोपत्रे सडक निर्माण हुने छन् । करिब ५५ करोडमा साढे ५ किलोमिटर पथ्थरडांडा— तिनाउ सडक, करिब ९४ करोडको लागतमा साढे ६ किलोमिटर ड्राइभरटोल–शिवपुर सडक र ६ दशमलव १ किलोमिटर दुरी रहेको भलबारी–गुम्बा–तिनाउ सडक करिब ९४ करोडको लागतमा निर्माण हुने भएको हो ।
नगरमा ठूला आयोजना निर्माणका लागि नगरपालिकाले सोमबार एडिबिका प्रतिनिधिको टोलीसंग परामर्श तथा आयोजनाबारे छलफल गरिएको नगर प्रमुख रामकृष्ण खांणले जानकारी गराउनु भयो ।
नगर प्रमुख खाँणका अनुसार नगरलाई बिकासको दृष्टिले उत्कृष्ट बनाउने र यहांका नागरिकलाइ सुविधा दिन ठूला आयोजना निर्माणलाइ तिब्रता दिन लागिएको हो ।
कार्यक्रममा एडिबिका टीम लिडर डोङ्ग जोलीेले यसका लागि आफुहरु सहकार्य गर्न तयार रहेको र बिकास निर्माणमा अवरोध नहुने वातावरण मिलाइदिन आग्रह गर्नुभयो ।
उहांले ९ वटा स्थानीय सरकारसंग आफुहरुले सहकार्य गरेको समेत जानकारी गराउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले तिलोत्तमाको विकासमा सबै नागरिकको सहभागिता रहनुपर्ने बताउनुभयो । एडिबिले गरेको लगानी र नगरको प्रभावकारी भूमिकाले तिलोत्तमाको पहिचान फरक हुने उहांले बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाका प्राबिधिक प्रमुख इन्जिनियर प्रदिप बनले आयोजना निर्माणका क्रममा स्थानीयले साथ दिनुपर्ने बताउनुभयो । यी सबै आयोजनाको डिपिआर भएपनि समयानुकुल बनाएर थप स्टिमेट गर्नुपर्ने उहांको भनाइ छ ।
छलफलमा एडिबिका टिम जोली (बिदेशी नागरिक),ट्रन्स्पोर्टेशन एक्स्पर्ट यज्ञ बहादुर मल्ल, इन्जिनियर प्रकाश राज सिवाकोटी, टुरिज्म एक्स्पर्ट रवि जंग पाण्डे, अर्वान डिजाइन एक्स्पर्ट बिबेक कार्की, सोइल टेस्ट म्यानेजमेन्ट एक्स्पर्ट अशोक शाही, जीआईएस स्पेसलिस्ट मन्जु मुननकर्मी, रिसर्च म्यानेजर रक्कीकृष्ण तन्डुकार, ईन्भार्मेण्टल एक्स्पर्ट रिकेश चित्रकार, सोसल सेफ गार्ड प्रकाश पाण्डे, सर्भेयर रञ्जन सुवाल, आर्किटेक्ट बिबेक गौतम, असिस्टेन्ट म्यानेजर सोनिया भण्डारी, अफिस म्यानेजर बिक्रम सिंह विस्ट लगायतको सहभागितामा रहेको थियो ।