Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सबै स्थानीय तहलाई संविधान दिवस मनाउन गृहको अनुरोध
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सबै स्थानीय तहलाई संविधान दिवस मनाउन गृहको अनुरोध

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७९ · 0
सबै स्थानीय तहलाई संविधान दिवस मनाउन गृहको अनुरोध
80
SHARES
ShareTweet

काठमाडौं, २७ भदौ । गृहमन्त्रालयले सबै स्थानीय तहलाई तीन दिन संविधान दिवस मनाउन अनुरोध गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गरी सबै स्थानीय तहलाई असोज २, ३ र ४ गते तीन दिनसम्म भव्यताका साथ संविधान दिवस मनाउन अनुरोध गरेको हो ।
‘संविधान दिवस २०७९ यही असोज २, ३ र ४ गते तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा संविधान दिवस २०७९ मूल समारोह समितिका अध्यक्ष सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको अध्यक्षतामा मिति २०७९÷०५÷२१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबरमा बसेको बैठकबाट पारित कार्यक्रम मुताविक तपसिलबमोजिमका कार्यक्रमसहित दिवस मनाउने सम्बन्धममा सबै स्थानीय तहरूमा आवश्यक निर्देशनका लागि निर्णयानुसार सादर अनुरोध छ,’ जारी सूचनामा उल्लेख गरिएको छ ।
जारी सूचनामा निम्न कार्यक्रम गरी संविधान दिवस मनाउन अनुरोध गरिएको छ ।

१. स्थानीय पालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालयहरूले राष्ट्रिय झण्डा एवं दिवस केन्द्रित ब्यानर सजाई कार्यालय र परिसर सरसफाई गर्न,
२. पालिकावासी आमनागरिकहरु समेतलाई आ–आफ्ना घर, टोल एवं सार्वजनिक स्थलको सरसफाई गर्न अनुरोध गर्ने,

३. स्थानीय पालिकाभित्र रहेका सरकारी कार्यालय एवं मण्डला, दरबार स्क्वायरजस्ता सार्वजनिक स्थलहरूमा साँझ दीप प्रज्वलन तथा दीपावली गर्ने र पालिकावासी आमनागरिकहरु समेतलाई घर–घरमा दीपावली गर्न अनुरोध गर्ने,
४. पालिकाभित्र सञ्चालित स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमहरूबाट रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम प्रकाशन, संविधानको महत्वसम्बन्धी कार्यक्रम प्रसारण गर्ने व्यवस्था मिलाउने,
५. दिवस केन्द्रित रही अन्य सान्दर्भिक तथा उपयुक्त कार्यक्रमहरू आयोजना तथा सञ्चालन गर्ने,
६. जिल्लास्थित मठ–मन्दिर, मठ विहार, मस्जिद, गुरुद्वार, चर्चलगायत धार्मिक स्थानमा धर्मगुरुबाट नित्य धार्मिक अनुष्ठान र संकल्प गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूको आत्माको चीर शान्तिको कामना एवं उच्च सम्मान तथा श्रद्धा प्रकट गर्दै पूजापाठ तथा प्रार्थना गर्ने ।

≪ Previous Post

शान्तिमा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

Next Post ≫

तिलोत्तमा नगरपालिकामा चारवटा ठूला आयोजना निर्माण हुंदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क