Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कम्युनिस्टलाई विकास र लोकतन्त्रप्रति प्रतिबद्ध बनाउन गठबन्धन : सहमहामन्त्री राठौर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कम्युनिस्टलाई विकास र लोकतन्त्रप्रति प्रतिबद्ध बनाउन गठबन्धन : सहमहामन्त्री राठौर

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७९ · 0
कम्युनिस्टलाई विकास र लोकतन्त्रप्रति प्रतिबद्ध बनाउन गठबन्धन : सहमहामन्त्री राठौर
100
SHARES
ShareTweet

बुटवल,२७ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले कम्युनिस्टहरूलाई विकास र लोकतन्त्रप्रति प्रतिबद्ध बनाउनका लागि गठबन्धन गरिएको बताउनु भएको छ ।
उहांले मुलुक र संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन गरिएको बताउनुभयो ।
सोमबार नेपाल महिला संघले लुम्बिनी प्रदेशभित्रका महिला संघका जिल्ला समितिका पदाधिकारी तथा सदस्यका लागि बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले देश बचाउनका लागि गठबन्धन गरिएको बताउनु भएको हो ।
उहांले भन्नुभयो – ‘यो गठबन्धन कुनै दल विशेषलाई बचाउन र जोगाउनका लागि गरिएको होइन, देश दुर्घटनामा जान लागेपछि गरिएको हो । त्यसैले आगामी निर्वाचनमा गठबन्धनलाई विजयी बनाउनु आवश्यक छ ।’
आम निर्वाचन तथा स्थानीय निर्वाचनमा समेत महिलाहरूलाई कांग्रेसले प्राथमिकताका साथ टिकट दिएको बताउँदै उहांले पाएको अवसरलाई सही सदुपयोग गरी निर्वाचन जित्न आग्रह समेत गर्नुभयो ।
‘नेपाली कांग्रेसले महिलाहरूको सहभागितामा निकै सकारात्मक कदमहरू चाल्ने गरेको छ । टिकट पाउनेभन्दा पनि चुनाव जित्ने र जिताउने काममा महिला संघ र महिलाहरू विशेष जागरूकताका साथ लाग्नुहोस् ।’ सहमहामन्त्री राठौरले भन्नुभयो ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा महिला संघकी पूर्व अध्यक्ष ईश्वरी न्यौपानेले पार्टीको निर्णायक तहमा महिला नहुँदा समस्या आएको बताउँदै अब महिलाहरूलाई निर्णायक तहमा पु¥याउन आवश्यक रहेकोमा जोड दिनुभयो । यसअघि महिलाहरूलाई समानुपातिकमा मात्रै प्रयोग गरिएकोमा योपटक धेरै महिलालाई प्रत्यक्षमा र समानुपातिकमा पुरुषलाई अवसर दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रुपा बिक, गंगा शाही, पार्टीका लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरि, महिला संघ केन्द्रीय सदस्य उषा राउत मिश्र, नेपाली कांग्रेस प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्री, पत्रकार अनिता बिन्दुलगायतले महिलालाई टिकट वितरणमा प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो ।

≪ Previous Post

औद्यागिक विकासको लागि औद्योगिक क्षेत्र र पूर्वाधार निर्माण आवश्यक : महासंघ अध्यक्ष गोल्छा

Next Post ≫

मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क