बुटवल, २६ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला पुर्व इन्चार्ज डा. बालकृष्ण चापागाई नेकपा एमालेमै फर्किनुभएको छ । डा. चापागाईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गर्नुभएको हो ।
प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीको अर्थ तथा योजना विभागको केन्द्रीय उपाध्यक्ष समेत रहेका चापागाईले नेकपा एकीकृत समाजवादी पार्टी कांग्रेस र माओवादीको पुच्छर मात्रै बनेकाले पार्टीको भविष्य अन्धकार देखेर एमालेमा फर्किएको बताउनु भयो ।
उहांले एकीकृत समाजवादी पार्टीले आफ्नो छुट्टै पहिचान र अस्तित्व स्थापित गर्न असफल भएकाले नेपालको कम्युनिष्ट आन्दोलन, आर्थिक समृद्धि र विकासको नेतृत्व एमालेले मात्रै गर्न सक्छ भन्ने निश्कर्षका साथ आफु एमालेमै फर्किएको चापागाईले बताउनुभयो ।
पार्टी उपाध्यक्ष विष्णु पौडेलले डा. चापागाईको एमाले प्रवेशले ठूलो अर्थ राख्ने भन्दै भ्रममा रहेका सबै वामपन्थी र कम्युनिष्ट कार्यकर्ताहरु एमालेमै फर्किनुको विकल्प नभएको बताउनुभयो ।