Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीका सात विद्यालयको सातौं हव सम्मेलन शान्ति नमुनामा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका सात विद्यालयको सातौं हव सम्मेलन शान्ति नमुनामा

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७९ · 0
रुपन्देहीका सात विद्यालयको सातौं हव सम्मेलन शान्ति नमुनामा
80
SHARES
ShareTweet

तिलोत्तमा, २६ भदौ । रुपन्देहीका ७ वटा सामुदायिक विद्यालयको सहभागीतामा स्टुडेन्ट क्वालिटी सर्कलको सातौं हव सम्मेलन भएको छ । सिद्धार्थ हवको आतिथ्यतामा तिलोत्तमा नगरपालिकाको मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा भएको सम्मेलनमा २ सय १० जना विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले शिक्षा बिना समाजको परिवर्तन सम्भव नभएको भन्दै अहिले शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताउनुभयो । सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षणलाई कायम राख्दै शैक्षिक गुणस्त्तर बृद्धि गर्नका लागि केन्द्रित हुन उहांले आग्रह गर्नुभयो ।
कार्यक्रममा क्वेस्ट नेपालका सल्लाहकार दिपक गौतम, निवृत्त राष्ट्र सेवक समाजका उपाध्यक्ष टेक बहादुर थापा, शान्ति नमुनाका प्रधानाध्यापक कुल प्रसाद लामिछानेलगायतले बोल्दै विद्यार्थीको चौतर्फी विकासका लागि सामुहिक क्रियाकलाप मार्फत गरिएको विभिन्न प्रतियोगिता निकै फलदायी रहेको चर्चा गर्नुभयो ।
सो सम्मेलनमा विद्यार्थीहरुले सामुहिक क्षमता विकास गर्ने विभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए । विद्यार्थीहरुले हाजिरी जवाफ, कथा निर्माण, चित्रकला, हिज्जे, कोलाज लगायतका प्रतियोगितामा सहभागिता जनाएका थिए । यस्तै विद्यार्थीहरुले भोग्दै आएका समस्याहरुमा गरिएको १७ वटा अनुसन्धानको प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रमका संयोजक प्रकाश चापागाईंले जानकारी दिनुभयो ।
सिद्धार्थ हवका संयोजक रबिराज काफ्लेको अध्यक्षता तथा दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत प्रदर्शन गरिएको थियो ।
एस. क्यू. सी. को अन्तर्राष्ट्रिय सम्मेलन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ । सम्मेलनमा विभिन्न देशका विद्यार्थी, शिक्षक तथा अभिभावकहरु सहभागी हुने आयोजकले जनाएका छन् ।

≪ Previous Post

आजदेखि सोह्र श्राद्ध शुरु

Next Post ≫

एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. चापागाई एमालेमा फर्किए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क