Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सवारी ज्यान र वहुविबाह मुद्दामा कैद र जरिवाना ठहर भएका फरार ब्यक्ति पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सवारी ज्यान र वहुविबाह मुद्दामा कैद र जरिवाना ठहर भएका फरार ब्यक्ति पक्राउ

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७९ · 0
सवारी ज्यान र वहुविबाह मुद्दामा कैद र जरिवाना ठहर भएका फरार ब्यक्ति पक्राउ
130
SHARES
ShareTweet

सालझण्डी । इलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीले सवारी ज्यान मुद्दामा २ वर्ष र वहुविबाहमा डेढ वर्ष कैद र जरिवाना ठहर भएका फरार ब्यक्तिहरुलाई एकैदिन पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उच्च अदातल तुलसीपुर बुटवल ईजलासको मिति २०७८ कार्तिक १७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष कैद र नगद रु. आठ हजार जरिवाना ठहर भई रुपन्देही जिल्ला अदालतको लगत नं ८०५७ अनुसार फरार रहेको जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ४ बस्ने बर्ष २१ को परिवर्तित नाम “५० क बहादुर“(तत्कालिन अबस्थामा नाबालक रहेकोले) – वास्तविक नाम कुशल पुरी लाई पक्राउ गरेको हो ।
प्रहरीले खोजतलास गर्दै जाँदा मिति २०७९ भाद्र १६ गते ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलिले फेला पारी पक्राउ गरी फैसला कर्यान्वयनको लागि रुपन्देही जिल्ला अदालतमा उपस्थित गराएको छ ।
मिति २०७६÷३÷२१ गते तिलोत्तमा नगरपालिका वडा नं ३ शंकरनगरस्थित सिद्धार्थ राजमार्गमा तत्काल सवारी चालक अनुमति पत्र नभईकन राजमार्गंमा मोटरसाईकल चलाउँदै गर्दा उक्त मोटरसाईकललाई पछाडिबाट लाईसेन्स नभएका आफ्नै साथीले ठक्कर दिँदा क बहादुर(कुशल पुरी) ले चलाईरहेको मोटरसाईकलमा सवार निजहरुकै साथी राहुल खत्रीको सोहि दुर्घटनामै मृत्यु भएको थियो । उनीहरुलाई रुपन्देही जिल्ला अदालतले समेत २ बर्ष कैद र रु.८ हजार जरिवाना गर्ने फैसला गरेको थियो । सो फैसला उपर पुनरावेदन गरेकोमा उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो । अदालतले सजाय फैसला गरेका अन्य फरार व्यक्तिको खोजि भैरहेको सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए ।

बहुबिवाह मुद्दामा डेढ वर्ष कैद र जरिवाना ठहर भई फरार रहेका जंगबहादुर पक्राउ

यस्तै रुपन्देही जिल्ला अदालतको मिति २०७४ फागुन ५ गतेको फैसलाले बहु बिवाह मुद्दामा १ वर्ष ६ महिना कैद र रु.१० दश हजार जरिवाना ठहर भई रुपन्देही जिल्ला अदालतको लगत नं. ५९९३ अनुसार फरार रहेका जिल्ला रुपन्देही कन्चन गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३१ को जगं बहादुर थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले खोजतलास गर्दै जाँदा ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलिले निज जंग बहादुर थारुलाई मिति २०७९ भाद्र १६ गते पक्राउ गरी फैसला कर्यान्वयनको लागी सम्मानित रुपन्देही जिल्ला अदालतमा उपस्थित गराएको छ ।

≪ Previous Post

सिद्धार्थ राजमार्गको यातायात आवागमन ठप्प

Next Post ≫

खजुरा खोलामा डुबेर १ जना बालकको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क