नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १४ स्थित खजुरा खोलामा डुबेर एक बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ७ बस्ने सिताराम चौधरीको छोरा अन्दाजी ९ वर्षको निखिल चौधरी घरबाट करिब १ किलो मिटर पूर्व तर्फ रहेको खजुरा खोलामा शनिबार पौडी खेल्ने क्रममा चौधरीको खजुरा खोलामा डुबेर मृत्यु भएको हो ।
बर्घाट प्रहरीका अनुसार मृतक चौधरीको शरीरलाई खोलाबाट स्थानीयले बाहिर निकाली स्थानीय मेडिकलमा उपचारका लागि लैजादा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।