Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको श्रृङ्गेश्वर धाममा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको तयारीमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको श्रृङ्गेश्वर धाममा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको तयारीमा

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७९ · 0
तिलोत्तमाको श्रृङ्गेश्वर धाममा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको तयारीमा
90
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं ४ डिंगरनगरस्थित श्रृङ्गेश्वर धाम परिसरमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउने भएको छ । करिब एक बिघा क्षेत्रफलमा साढे २ तले भवन र अन्य संरचनाहरु तयार भएपछि आगामी २ महिनापछि निशुल्करुपमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउन लागेको हो ।
शुरुवाती चरणमा ७० वर्ष नाघेका २५ महिला र २५ जना पुरुषलाई बिहान ११ बजेदेखि सांझ ४ बजेसम्म राख्ने तयारी भएको छ । शुरुमा ५० जनाबाट शुरु गरी सयजनाहुंदै सरकारबाट जग्गाप्राप्तभएमा भविष्यमा एक हजारजनासम्म राख्ने लक्ष्य रहेको छ ।
केन्द्रलाई जेष्ठ नागरिकको संरक्षण केन्द्रको रुपमा विकास गर्ने,जेष्ठ नागरिकलाई तनावमुक्त बनाउन मनोरन्जन, सत्संग ध्यान, योगालगायतका सेवा दिइने केन्द्रका सचिव हरिप्रसाद कंडेलले बताउनुभयो ।
केन्द्रका कार्यवाहक अध्यक्ष यदुनाथ पाण्डेले आउदो २ महिनापछि केन्द्र सञ्चालनमा आउने र केन्द्रमा आउन जान निःशुल्क यातायातको व्यवस्था गरिने बताउनुभयो । भविष्यमा जेष्ठ नागरिक अस्पताल समेत बनाउने लक्ष्य रहेको पाण्डेले बताउनुभयो ।
श्रृङ्गेश्वर धामका अध्यक्ष तथा केन्द्रका संरक्षक ऋषि भण्डारीले केन्द्र सञ्चालनकालागि मासिक ५ लाख खर्च हुने भएकाले एक करोडको अक्षयकोष स्थापनागर्ने लक्ष्य रहेको भन्दै पुण्य कार्यमा सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
गुल्मेली सम्पर्क समाज रुपन्देही, श्रृङ्गेश्वर धाम र जेष्ठ नागरिक मिलन केन्द्रका पदाधिकारी, सदस्य र विभिन्न चन्दादाताको करिब ५ करोड लगानीमा धाम र जेष्ठ नागरिक मिलन केन्द्र बनेको हो । धाममा पशुपतिनाथलगायतका मन्दिरहरु, बर पिपल र स्वामीका रुखको हरियालीयुक्त चौतारी, ६८ फिट अग्लो त्रिशुल, पानीको फोहरा, बालउद्यान, कार्यालय भवनलगायतका संरचनाहरु निर्माण भएका छन् ।
धामको समग्र विकासका लागि गुल्मेली सम्पर्क समाजका निवर्तमान अध्यक्ष ईन्जिनीयर हिराबहादुर भलामी नेतृत्वको टिम र मिलन केन्द्र निर्माणका लागि केन्द्रका अध्यक्ष स्वर्गीय खेम पुन नेतृत्वको टिमको महत्वपुर्ण योगदान रहेको धामका संरक्षक ऋषि भण्डारीले जानकारी गराउनु भयो ।
केन्द्रलाई भविष्यमा एक हजार जना क्षमताको बनाई प्रदेशकै नमूना बनाउनका लागि आवश्यक वजेट र जग्गाको ब्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जान जरुरी छ ।
गुल्मेली सम्पर्क समाजको नेतृत्व र संरक्षकत्वमा धाम, र सहकारी संस्था सञ्चालनमा छन् भने जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउन लागेको छ । धाम परिसरमा समाजसेवी तथा दाताहरु चुन्नुप्रसाद पौडेल, बालकृष्ण भुसाल, ऋषि भण्डारी, पशुपति घिमिरे, तुल्सीराम कँड्ल, यदुनाथ पाण्डेलगायतले मन्दिर तथा अन्य संरचना निर्माणमा योगदान पुर्याउनुभएको छ ।

≪ Previous Post

लागु औषध सहित १ जना मानिस प्रहरी नियन्त्रणमा

Next Post ≫

सिद्धार्थ राजमार्गको यातायात आवागमन ठप्प

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क