भैरहवा । ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कमा लागु औषध कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले जिल्ला काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका वडा नं. १ वस्ने वर्ष २२ को निश्चल उप्रेतीलाई पक्राउ गरेको हो ।
निज माथी शंका लागी सोधपुछ तथा शरिर खानतलासी गर्दा निजले वोकेको खैरो रङको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा व्राउन सुगर जस्तो देखिने खैरो रङको वस्तु अंन्दाजी ३५ ग्राम लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उप्रेतीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।