Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न फोनिजको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न फोनिजको माग

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७९ · 0
सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न फोनिजको माग
90
SHARES
ShareTweet

बुटवल । नेपाल पत्रकार महासंघको आफ्नो दस्तावेजमा संस्थापक अध्यक्षको बारेमा उल्लेख गरेको गलत विवरण सच्याउन माग गर्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ । फोनिजले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष रहेको तथ्यलाई स्थापित गर्न माग गरेको हो । फोनिजको केन्द्रीय कार्यक्रम अन्तरगत रुपन्देही शाखाले बिहिबार नेपाल पत्रकार महासंघ रुपन्देही शाखामार्फत महासंघको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन् भन्ने तथ्य विभिन्न दस्तावेजहरुले पुष्टि गरेको भएपनि नेपाल पत्रकार महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको प्रति फोनिजको विमति रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा गलत विवरण सच्याई नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन् भन्ने तथ्यलाई स्थापित गराउन माग गरिएको छ । ‘नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गर्दछौं’ ज्ञापनपत्रमा उल्लेख छ । हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुखसमेत हुन् ।
२००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनैलाई महासंघको संस्थापक अध्यक्ष मान्नुपर्ने फोनिजको माग छ । ९ बैशाख २००८ मा सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरिएको र २८ बैशाख २००९ मा पुर्नगठन गरेको इतिहास रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । तर १६ चैत २०१२ मा पुर्नगठन हुँदामात्र कृष्णप्रसाद उपाध्याय भट्टराई अध्यक्ष बनेको तथ्यले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक अध्यक्ष पुष्टि भईसकेको अवस्थामा महासंघले भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको उल्लेख ज्ञापनपत्र छ ।
ज्ञापनपत्र बुझाउँदै फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाले पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु गलत रहेको उल्लेख गर्दै माग सम्बोधनका लागि पहल गर्न आग्रह गरेका छन् । पत्रकार महासंघको कार्यालयमा ज्ञापनपत्र बुझ्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले ज्ञापनपत्र तत्काल केन्द्रिय कार्यालयमा पठाएर फोनिजको माग सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाए । उनले नेपाल पत्रकार महासंघ केन्द्रले घोषणा गरेर पठाएमा आफुहरु का¥यान्वयनका लागि प्रतिबद्ध रहेको बताए । फोनिजले ज्ञापनपत्रसँगै नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको तस्वीर समेत बुझाएका छन् ।
को हुन् श्रेष्ठ ?
सत्यनारायण बहादुर श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक थिए । उनैको सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्न गरिएको छ ।
उनको सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो ।
यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो । २०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बनेका थिए । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार बर्षपछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको छ ।

≪ Previous Post

एम्स कलेजमा तनाव ब्यबस्थापन सेमिनार र तीज कार्यक्रम

Next Post ≫

लागु औषध सहित १ जना मानिस प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क