बुटवल, १२ भदौ । एम्स कलेज, बुटवलले आफ्ना अभिभावक, विद्यार्थी, प्राध्यापक एवम कर्मचारीहरुका लागि तनाव ब्यवस्थान सेमिनार सम्पन्न गरेको छ ।
प्रमुख श्रोत ब्यक्ति नशा एवम मनोरोग विशेषज्ञ डा. विनोद पौडेलले तनाव सिर्जना हुनुका कारण, तनाव ब्यबस्थापनका उपायहरुका साथै मानव जिवनको विभिन्न कालखण्डमा आउने तनावका बहुपक्षिय विषयहरुबारे जानकारी गराउनुभएको थियो । साथै उहांले सहभागिहरुले राखेका ब्यबहारिक जिज्ञासाहरुको सामाधान गर्नुभएको थियो ।
कार्यक्रममा कलेजका कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपाने र प्रमुख दीपक ढकालले तनाव ब्यबस्थापन स्वाथ्य जिवनकालागि हरेक ब्यक्तिको निम्ति अपरिहार्य भएकोले यसप्रकारको कार्यक्रम लाभदायी हुने बताउनु भयो ।
प्राध्यापक सुरज शाक्यले सन्चालन गर्नुभएको कार्यक्रममा विकाश श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कलेज तथा काउन्सिल अफ एम्स स्टुडेण्टसले हरितालिका तीजको अवसरमा विद्यार्थी एवम कर्मचारीहरुलाई सहभागी गराई तीजको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । चर्चित गायककार श्रीधर अधिकारिले तीजका विभिन्न गित संगित प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा तीजको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।