Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बहिरा बाल माध्यमिक विद्यालय भैरहवामा सिप मुलक तालिम सुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बहिरा बाल माध्यमिक विद्यालय भैरहवामा सिप मुलक तालिम सुरु

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७९ · 0
बहिरा बाल माध्यमिक विद्यालय भैरहवामा सिप मुलक तालिम सुरु
90
SHARES
ShareTweet

भैरहवा, १२ भदौ । बहिरालाई दया होइन, अवसर देऊ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बहिरा बाल माध्यमिक विद्यालय भैरहवा रुपन्देहीले सिप मुलक तालिम सुरु गरेको छ । विद्यालयमा सिप कार्यक्रम अन्तर्गत सिलाईकटाई तालिमको आइतबार एक कार्यक्रमका बिच सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले उद्घाटन गर्नुभयो । सो अवसरमा वोल्दै उपमेयर अधिकारीले राज्यले बहिरा बालबालिकालाई विशेष खालको व्यवस्था गर्नुपर्नेमा चुकेको भन्दै सिद्धार्थनगर नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
शिक्षा क्षेत्रमा राज्यले लगानी गरे पनि सामुदायिक विद्यालयमा प्रगति कमी रहेकोले विशेष खालका विद्यालयलाई नगरपालिकाले सहयोग गर्न कुनै कमी नराख्ने सिद्धार्थनगर नगरपालिकाका कार्यकारी प्रमुख नबराज पौडेलले बताउनुभयो ।
अन्तर्राष्ट्रिय स्तरमा लायन्सले वातावरण, दृष्टि, क्यान्सर, भोकमरी र डाइबेटिजका क्षेत्रमा सहयोग गर्न निर्देशन गरेको र अहिले आएर सिपमुलक क्षेत्रमा काम गर्न पनि थालेको लायन्स क्लब अफ सिद्धार्थनगर ग्रिनसिटीका अध्यक्ष श्रीबहादुर रायमाझीले बताउनुभयो ।
बहिरा बाल माध्यमिक विद्यालयमा अहिले ३३ जिल्लाका २ सय ३५ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक भिम बहादुर थापाले बताउनुभयो । बहिराहरुका लागि सिलाइकटाइ तालिम उत्तम रहेको र जिविकोपार्जन गर्न सहज हुने भएकोले तालिम सुरु गरिएको प्रधानाध्यापक थापाले बताउनुभयो ।
भैरहवामा रहेको बहिरा बाल माध्यमिक विद्यालय २०३२ सालमा स्थापना भएको थियो । स्थापनाकाल देखि नै विद्यालयमा नेपालको विभिन्न जिल्लाका बालबालिकाका साथै भारतको गोरखपुर सम्मका विद्यार्थी अध्ययनरत छन् ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना : दिदी भाइको मृत्यु

Next Post ≫

एम्स कलेजमा तनाव ब्यबस्थापन सेमिनार र तीज कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क