तिलोत्तमा, १२ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको सवारी दुर्घटनामा परी दुई जना वालवालिकाको मृत्यु भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार मणिग्रामबाट पूर्व जादै गरेको बुलेट बाईक र पश्चिम बाट आउँदै गरेको पल्सर मोटरसाईकल तिलोत्तमाको गोरकट्टामा एक आपसमा ठक्कर खाँदा २ दिदी भाईको मृत्यु भएको हो ।
तिब्र गतिमा रहेका दुई मोटरसाईकल ठक्कर खाँदा भएको दुर्घटनामा परी मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र उनका भाई ७ वर्षिय सुग्रीम खराल रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परी ४ जना घाइते भएका छन् । उनीहरुको क्रिमसन अस्पताल मणिग्राममा उपचार भईरहेको छ । प्रहरीका अनुसार लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाईकल आइतबार साँझ अन्दाजी ६ बजेको समयमा एक आपसमा ठोक्किएका थिए ।
