दाङ, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले थारू समुदायले मनाउने अटवारी पर्वको अवसरमा सो समुदायलाई सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले बिदा मिलान गर्ने गरी अटवारी पर्व मनाउने थारु समुदायलाई मात्र आइतवार सार्वजनिक बिदा दिएको हो ।
यसैगरी, थारुहरुको चाड अटवारीका अवसरमा दाङ जिल्लाका चार स्थानीय तहले पनि सार्वजनिक बिदा दिएका छन् । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकाले थारू जातिले मनाउँदै आएको अटवारी पर्वको अवसरमा बिदा दिएका छन् । अटवारी पर्व थारु समुदायको दोस्रो ठुलो पर्व हो ।
थारू समुदायका अगुवाहरुका अनुसार सूर्यको उत्पत्ति भई संसार उज्यालो भए पछि मानवसहित सम्पुर्ण प्राणीहरूको कल्याण भएको मान्यता अनुसार थारु समुदायले सूर्यको पूजा आराधना गरि यो पर्व मनाइने परम्परा रहेको छ ।
