Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान रुपन्देहीले अपाङ्ग आश्रममा दर खुवायो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान रुपन्देहीले अपाङ्ग आश्रममा दर खुवायो

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७९ · 0
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान रुपन्देहीले अपाङ्ग आश्रममा दर खुवायो
90
SHARES
ShareTweet

बुटवल, १२ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीले बुटवल–१३ स्थित नेपाल अपाङ्ग आश्रममा आश्रीतहरुलाई तीजको दर खुवाएको छ । प्रतिष्ठानले शनिवार एक कार्यक्रमको आयोजना गरी आश्रीतहरुलाई तीजको दर खुवाउनुका साथै आश्रमलाई सहयोग समेत गरेको छ ।
आश्रीतहरुलाई दर खुवाउने तथा सहयोग हस्तान्तरण कार्यक्रमको प्रतिष्ठान रुपन्देहीका संरक्षक तथा केन्द्रिय पुर्व सल्लाहकार खिमबहादुर हमालले गमलामा पानी राखेर उद्घाटन गर्नुभएको थियो ।


सो अवसरमा बोल्दै संरक्षक हमालले प्रतिष्ठान रुपन्देहीले प्रत्येक वर्ष यस्तै रचनात्मक तथा सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु गर्दै आएको बताउदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । आयोजक संस्था प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दीपक कार्कीले कलाकारहरु कलाकर्ममा मात्रै नभएर सामाजिक उत्तरदायित्व अन्तर्गगत सामाजिक सेवामा पनि अग्रसर हुनुपर्छ भन्ने मान्यताका साथ यो कार्यक्रम गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताउनुभयो ।


सो अवसरमा प्रतिष्ठान रुपन्देहीले आश्रमका लागि आर्थिक सहयोग समेत गरेको छ । आश्रमका अध्यक्ष डोलराम बिश्वकर्मालाई प्रतिष्ठानका अध्यक्ष कार्की र कोषाध्यक्ष सन्जय सौगातले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रतिष्ठानकी केन्द्रीय सदस्य सीता राना, लुम्बिनी प्रदेशका सल्लाहकार टंक गैरे, रुपन्देहीका सल्लाहकार समुन्द्र जि.सी, नारायण रायमाझी, प्रतिष्ठान लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष नारायण थापा, सह सचिव दामोदर बस्याल, आजीवन सदस्य जे.बि. क्षेत्री लगायतले प्रतिष्ठानले गरेका कार्यको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य दीपक गरौजा र रुपन्देही जिल्ला उपाध्यक्ष रितु थापाले गीत मार्फत उपस्थित सबैलाई मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रम प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दीपक कार्कीको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष विजय सापकोटाको स्वागत र सह–सचिव विधान कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

≪ Previous Post

गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजको तीज मिलन

Next Post ≫

थारु समुदायलाई अटवारी पर्वमा लुम्विनी प्रदेश सरकारले दियो सार्वजनिक विदा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क