Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजको तीज मिलन
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजको तीज मिलन

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0
गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजको तीज मिलन
70
SHARES
ShareTweet

तिलोत्तमा, ११ भदौ । गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजका ज्येष्ठ नागरिक सम्मान तथा तीज मिलन कार्यक्रम गरेको छ ।
गुल्मीको साविक जोहाङ गाउं विकास समिति (हाल सत्यवती गाउं पालिका)बाट बसाई सराई गरी रुपन्देहीका विभिन्न ठाउंमा स्थायी तथा अस्थायी बसोवास गर्ने जोहाङवासीहरुलाई एकजुट गर्ने र समाजका सदस्यहरुको सुख दुखमा साथ दिने उद्देश्यले गठन गरिएको समाजले विभिन्न सामाजिक र रचनात्मक काम समेत गर्दै आएको छ ।
तीजको अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शँकरनगर बनबाटिकामा शनिवार आयोजित तीज मिलन तथा सम्मान कार्यक्रममा समाजका ३० जना ज्येष्ठ नागरिक र समाजले गरेका समाजिक तथा रचनात्मक कार्यकालागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
समाजले समाज गठन भएको छोटो समयमै समाजका सदस्यहरुवाट आर्थिक सहयोग संकलन गरी शँकरनगर बन बाटिका परिसरमा करिव १३ लाखको लागतमा जोहाङ समाज (पौवा) सेड समेत निर्माण गरेको छ । समाजले सोही ठाउंमा वनबाटिका घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सुविधा र मनोरञ्जनलाई ध्यानमा राखेर सुविधा युक्त शौचालय र टिकटक जोन निर्माणको तयारीमा रहेको समाजका संरक्षक मोतिलाल भण्डारीले जानकारी गराउनु भयो ।
समाजले तीज मिलनकै अवसरमा समाजद्वारा निर्मित जोहाङ समाज (सेड) पौवाको उद्घाटन गरी सोही सेडमा समाजले तीज मिलन र सम्मान कार्यक्रम गरेको हो ।
नवनिर्मित भवनको १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले उद्घाटन गर्नुभयो । सो अवसरमा उहांले मानिस जो जहां रहेपनि आफ्नो संस्कार र संस्कृतिलाई भुल्न नहुने बताउनु भयो । संस्कार र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने अभियान अन्तर्गत गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजले कुशे औंशीको अवसरमा तीज मिलन र ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्नुका साथै वाटिका घुम्न आउने पर्यटकको सुविधाका लागि सेड समेत निर्माण गरेर उदाहरणिय काम गरेको भन्दै समाजको प्रशंसा गर्नुभयो ।
समाजका अध्यक्ष फर्सुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सत्यवती गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णु प्रसाद भण्डारीले मानिस जो जहां रहेपनि जन्म भूमिको सम्झना सदा रहिरहने बताउनु भयो । उहांले कूल पूजा लगायतका विशेष अवसरमा गाउं फर्केर आफ्नो जन्म भूमि प्रतिको माया ममतालाई पुनर्ताजगी गर्न बसाई सराई गरी रुपन्देही आएका जोहाङवासीलाई आग्रह गर्नुभयो ।
समाजका संरक्षक मोतिलाल भण्डारी, उपाध्यक्ष एबं तीज मिलन कार्यक्रमका संयोजक ईश्वरी भण्डारीलगायतले बोल्दै समाज विशुद्ध सामाजिक उद्देश्यले स्थापना गरिएकाले सबै जोहाङवासीलाई समाजमा आवद्ध भएर सामाजिक अभियानमा जुट्न आग्रह गर्नुभयो ।
सो अवसरमा रमाईलो नाच गान सहित एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै समाजले सहभागिहरुलाई तीजको दर पनि खुवाएको थियो ।

≪ Previous Post

मणिमुकुन्द शिक्षिका भलिवल प्रतियोगीताको उपाधी एभरेष्ट लाई

Next Post ≫

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान रुपन्देहीले अपाङ्ग आश्रममा दर खुवायो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क