Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानगर्न कार्यदल गठन, सात दिनभित्र प्रतिवेदन तयार गर्नुपर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानगर्न कार्यदल गठन, सात दिनभित्र प्रतिवेदन तयार गर्नुपर्ने

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0
मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानगर्न कार्यदल गठन, सात दिनभित्र प्रतिवेदन तयार गर्नुपर्ने
120
SHARES
ShareTweet

बुटवल, ११ भदौ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानकालागि कार्यदल बनाइएको छ । बुटवल उपमहानगरपालिकाको संयोजनमा गृहमन्त्री बालकृष्ण खाँणको आतिथ्यता र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा सरोकारवाला सहित बसेको बैठकले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो ।
कार्यदलमा औद्योगिक क्षेत्रका कार्यालय प्रमुख, सम्बन्धित वडाका अध्यक्ष, बुटवलस्थित मालपोत कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि, प्रदेश उद्योग मन्त्रालयका अधिकृत प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सदस्य रहेका छन् ।
यस्तै, कार्यदलको सदस्य सचिवमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहने र कार्यदलको कार्यालय बुटवल उपमहानगरपालिकामा रहने निर्णय भएको छ ।
बैठकले मोतीपुर औद्योगिक क्षेत्रको नाममा जग्गाधनी प्रमाणपत्रमा ८१३ बिगाहा जग्गा उल्लेख भएको र सो क्षेत्रमा लामो समयदेखि व्यक्तिहरु बसोबास गरी हकभोग गरेकाले निजहरुलाई हटाइ औद्योगिक क्षेत्र सञ्चालन गर्न अप्ठ्यारो पर्ने हुँदा जग्गाको क्षेत्रफल घटाउने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
प्रमुख पाण्डेयका अनुसार कार्यदललाई मोतीपुर औद्योगिक क्षेत्रको के कति जग्गाको क्षेत्रफल घटाउन सकिन्छ भनेर ७ दिनभित्र यथार्थ प्रतिवेदन दिने गरी कार्यदललाई अधिकार दिने निर्णय भएको छ ।
बैठकले कार्यदलले ७ दिनभित्र प्रतिवेदन पेश गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएको ३ दिनभित्र कार्यपालिकाबाट निर्णय गरी सिफारिश गर्ने निर्णय गरेको बुटवल नगर प्रमुख पाण्डेयले बताउनुभयो ।

≪ Previous Post

उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुलाई स्वागत र वरिष्ठलाई सम्मान

Next Post ≫

संविधानको रक्षा र मुलुकको समग्र विकासका लागि गठबन्धन –मन्त्री चौधरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क