Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुलाई स्वागत र वरिष्ठलाई सम्मान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुलाई स्वागत र वरिष्ठलाई सम्मान

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0
उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुलाई स्वागत र वरिष्ठलाई सम्मान
100
SHARES
ShareTweet

भैरहवा, ११ भदौ । रुपन्देही जिल्ला अदालत बार एशोसिएसनले उच्च अदालत बुटवल र जिल्ला अदालत रुपन्देहीमा जिम्मेवारी समाल्न आएका न्यायधिसहरुलाई स्वागत गरेको छ । बारले शुक्रबार एक कार्यक्रमका बिच सम्मान र सर्वोच्च अदालतले प्रदान गरेको वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त व्यक्तिहरुलाई सम्मान गरेको हो । रुपन्देही जिल्ला बार एशोसिएसनमा आवद्ध अधिवक्ता शिव प्रसाद गौडेल, सुवास धिताल र राममणि भुर्तेललाई सम्मान गरिएको हो ।
अधिवक्ता र न्यायाधीशले जनतालाई न्याय दिनकै लागि काम गर्ने भएकोले कानूनी रुपमा जनताको पक्षमा नै वकालत हुने उच्च अदालत बुटवलका मुख्य न्यायधीश रामप्रसाद ओलीले बताउनुभयो । उहांले पेशा सँगै साधना प्राप्ति हुने बताउँदै वरिष्ठ उपाधि प्राप्त अधिवक्ताले आफ्नो साख जोगाई राख्न आग्रह समेत गर्नुभयो ।
न्यायको क्षेत्रमा कुनै पनि कसुर नहुने गरी आफ्नो कार्यकालमा न्यायकै पक्षमा रहेर काम गर्ने रुपन्देही जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाले बताउनुभयो ।
न्याय प्रणालीलाई चुस्तदुरुस्त राख्न बारले कमी कमजोरी नराख्ने बताउँदै जनतालाई न्याय दिन कोशेढुङ्गा सावित हुने रुपन्देही जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष लोकनाथ पन्थले बताउनुभयो ।
अधिवक्ताहरु व्यवसाय सँगै समाज सेवाको भावनामा लाग्नु पर्ने वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले बताउनुभयो ।
उच्च अदालत बुटवलका न्यायाधीश, अधिवक्ता, जिल्ला अदालत रुपन्देहीका न्यायाधीश तथा अधिवक्ताहरुको सहभागिता रहेको कार्यक्रमको संचालन रुपन्देही जिल्ला अदालत बार एशोसिएसनका सचिव डण्डप्रसाद भट्टराईले गर्नुभएको थियो ।

≪ Previous Post

रोटरी क्लवहरुको संयुक्त छलफल

Next Post ≫

मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानगर्न कार्यदल गठन, सात दिनभित्र प्रतिवेदन तयार गर्नुपर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क