Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी क्लवहरुको संयुक्त छलफल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी क्लवहरुको संयुक्त छलफल

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0
रोटरी क्लवहरुको संयुक्त छलफल
40
SHARES
ShareTweet

बुटवल, ११ भदौ । रोटरी क्लव अफ बुटवलको १४ सय २९ औं नियमित एवं वर्ष २०२२÷२३ को दशौं बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा बिजनेश रहेको थियो । क्लवले शनिबार आफूले स्पोन्सर गरेका क्लवहरुसँग संयुक्तरुपमा इन्टरसिटी बैठकको आयोजना गरेको हो ।
बैठकमा चारवटा रोटरी क्लवका प्रतिनिधिहरुले सहभगिता जनाएका थिए । बैठकमा रोटरी क्लव अफ बुटवल डाउनटाउन, रोटरी क्लव अफ बुटवल साउथ, रोटरी क्लव अफ कपिलवस्तु चन्द्रौटा र रोटरी क्लव अफ रुपन्देही तिलोत्तमाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले विभिन्न क्लवहरुले अगाडि सारेका योजना, कार्यक्रम तथा सामाजिक क्षेत्रमा गरेका विभिन्न गतिविधिहरुका साथै एक अर्काको अनुभव आदानप्रदान गर्न संयुक्त बैठक आयोजना गरिएको बताउनुभयो ।
रोटरी क्लव अफ बुटवल डाउनटाउनका अध्यक्ष भरतबहादुर रानाले आगामी दिनमा पनि संयुक्त बैठकहरु गर्न सके रोटरीले सञ्चालन गर्ने प्रोजेक्टका साथै अन्य कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिने उल्लेख गर्नुभयो ।
रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष टंकनाथ अधिकारीले क्लवले गरेका कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै रोटरी क्लव अफ कपिलवसतु चन्द्रौटाका अध्यक्ष हेमराज शर्माले क्लवले गर्ने कार्यक्रम र सञ्चालन गर्ने योजनाहरुमा रोटरीयनहरुको सक्रियता बढाउन आवश्यक देखिएको भन्दै यस्ता संयुक्त बैठक यसका लागि समेत फलदायी हुने बताउनुभयो ।
उहांले ग्लोबल ग्रान्टमा अझै आफ्नो क्लवले आवेदन पेश नगरेको भन्दै अव भने यसको तयारीमा रहेको र सहयोग गर्न रोटरी क्लव अफ बुटवललाई आग्रह गर्नुभयो ।
रोटरी क्लव अफ रुपन्देही तिलोत्तमाका सचिव थानेश्वर चापागाईंले तिलोत्तमामा फोहोर व्यवस्थापनको योजनाबारे जानकारी गराउँदै सबैलाई समेटेर अगाडि बढ्न सकेमा रोटरी क्लवले पनि यस्ता योजनामा सफलता हासिल गर्न सक्ने बताउनुभयो ।
बैठकमा रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष एवं डिआरएफसी राजेन्द्र लम्साल, क्लव मेन्टर हरिप्रसाद पौडेल, अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, लालहरि पाण्डे, वसन्त थापालगायतले क्लवले विभिन्न प्रोजेक्ट सञ्चालनका साथै सामाजिक गतिविधि जारी राख्न सकेमात्रै सामाजिक छवि उचो राख्न सकिने बताउनुभएको थियो ।

≪ Previous Post

सबैको साकोसको रणनैतिक योजना कार्यशाला

Next Post ≫

उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुलाई स्वागत र वरिष्ठलाई सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क