Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संविधानको रक्षा र मुलुकको समग्र विकासका लागि गठबन्धन –मन्त्री चौधरी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संविधानको रक्षा र मुलुकको समग्र विकासका लागि गठबन्धन –मन्त्री चौधरी

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७९ · 0
संविधानको रक्षा र मुलुकको समग्र विकासका लागि गठबन्धन –मन्त्री चौधरी
100
SHARES
ShareTweet

बुटवल, ११ भदौ । शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताउनुभएको छ ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले संविधानको रक्षा र मुलुकको समग्र विकास गर्नको लागि गठबन्धन दलहरु बिजय हुनुपर्ने औल्याउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरु एकजुट हुनुपरेको जिकिर गर्नुभयो ।
नेकपा एसका पोलिटब्यूरो सदस्य समेत रहेका मन्त्री चौधरीले मुलुक सम्मृद्धिको बाटोमा अघि बढिरहेको बेला फेरी मुलुकमा गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपा एमालेले कानुनी राज्यको धज्जी उडाउदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसगँ गठबन्धन गर्नुपरेको बताउनुभयो ।
मन्त्री चौधरीले शहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउदै जनतालाई उपभोक्ता मार्फत विकास निर्माणका काममा जोडेर अगाडि जाने नीति सरकारको रहेको उल्लेख गर्नुभयो । उहाँले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पटक पटक बुटवलको बदनाम गरेको आरोप लगाउदै यो निर्वाचनबाट पौडेललाई पत्तासाफ गर्ने ठोकुवा गर्नुभयो । पौडेलले बालुवाटार प्रकरणदेखि विभिन्न गलत तत्वहरुसगँ साँठगाठ गरेको उहाँले आरोप लगाउनु भयो ।
रुपन्देही क्षेत्र २ मा विष्णु पौडेलसगँ नेकपा एसका नेता राजु गुरुङ्ग भिड्ने बताउदै उहांले यो निर्वाचनबाट गठबन्धन बिजय हुने दाबी गर्नुभयो ।
रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र उपाध्यक्ष तेजेन्द्र केसीको संचालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानगर्न कार्यदल गठन, सात दिनभित्र प्रतिवेदन तयार गर्नुपर्ने

Next Post ≫

बुटवलमा सवा अर्ब लागतमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क