Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल नियमित रक्तदाता संघ रुपन्देही आफ्नै भवनमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल नियमित रक्तदाता संघ रुपन्देही आफ्नै भवनमा

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७९ · 0
नेपाल नियमित रक्तदाता संघ रुपन्देही आफ्नै भवनमा
70
SHARES
ShareTweet

मानविय कार्य गर्नेलाई सहयोग गर्नुपर्ने नगर प्रमुख पाण्डेको भनाई
बुटवल, २९ साउन । रक्तदान गर्न चाहनेहरुकालागि बुटवलमा निजी क्षेत्रका संस्थाहरुलाई स्थायी र व्यवस्थित ठाउं अभावको समस्या रहेकोमा अब भने त्यस्तो समस्या नहुने भएको छ ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले बुटवलको सडक डिभिजन परिसरमा सुविधा सम्पन्न कार्यालय भवन बनाएपछि रक्तदानकालागि सहजहुने भएको हो ।
चन्दादाताहरुको आर्थिक र जिन्सी सहयोगमा करिब २० लाख रुपैयां लागतमा बनेकोे भवनमा रक्तदानकालागि आवश्यक सामानहरुको व्यवस्था पनि भएको छ । अब हरेक महिनाको तेस्रो शनिबार नियमितरुपमा र रगत आवश्यक परेमा जुनसुकै समयमा पनि आकस्मिकरुपमा रक्तदान गर्न सहजहुने भएको छ ।
उक्त भवनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आइतबार उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख पाण्डेले रक्तदान जस्तो महादान अरु नभएको चर्चा गर्दै रक्तदान प्रति कतिपय समुदायमा अझै जनचेतना नपुगेको औंल्याउनु भयो । उहाँले संस्थाले गरेका मानविय कार्यको सराहना गर्दै हरेक क्षेत्रवाट यस्ता संस्थाहरुलाई सहयोग गर्नुपर्ने धारणा राख्नु भयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रगतको अभावमा धेरैजनाको ज्यानजाने गरेको उल्लेख गर्दै संस्थाको भवन बनेपछि रक्तदानमा सहजता हुने बताउनुभयो । यो मानविय काम भएकाले प्रशासनवाट आवश्यक पर्ने हरेक कुरामा सहयोग रहने उहाँले प्रतिवद्धता जनाउनु भयो ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले सडक डिभिजनको स्टोरको रुपमा रहेका दुई वटा कोठालाई समेत प्रयोग गर्न दिने गरी नयां भवन बनाउन जग्गा दिइएको बताउनुभयो । उहाँले मानविय कामकालागि प्रयोग गर्न मिल्ने गरि सडक कार्यालयको कम्पाउण्डको एकसाईडको केही जग्गा प्रयोग गर्न सहमति दिएको बताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दया सिलवाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, रेणु सिलवाल, बुटवल उपमहानगरपालिका वाड नम्बर ८ का अध्यक्ष यज्ञ पंगेनी, संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारी, कोषाध्यक्ष दीपक अधिकारी लगायतले बोल्दै रक्तदान जस्तो मानवीय सेवाको काम गर्ने संस्था भएकाले सबैको सहयोग मिल्ने धारणा राख्नुभएको थियो । कार्यालय भवन उद्घाटनका अवसरमा संस्थाले रक्तदान समेत गरेको सचिव महेश खनालले बताउनुभयो ।

≪ Previous Post

पशु स्वास्थ्य तथा परिषद विधेयक तत्काल पारित गर्न अपिल

Next Post ≫

शान्ति नमुना माविमा नेपालकै पहिलो अटिजम विद्यालय सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क