Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शान्ति नमुना माविमा नेपालकै पहिलो अटिजम विद्यालय सञ्चालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुना माविमा नेपालकै पहिलो अटिजम विद्यालय सञ्चालन

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७९ · 0
शान्ति नमुना माविमा नेपालकै पहिलो अटिजम विद्यालय सञ्चालन
80
SHARES
ShareTweet

तिलोत्तमा, ८ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले नेपालमै पहिलो अटिजम विद्यालय संचालनमा ल्याएको छ ।
बुधबार विद्यालयले आयोजना गरेको विशेष कार्यक्रमका विच लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले अटिजम भवनको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खाँले अटिजम भएका बालबालिकाहरुलाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख र उपचारको आवश्यक व्यवस्था मिलाउन मन्त्रालय तयार रहेको बताउनुभयो ।
मन्त्री खाँले पुनस्र्थापनाबाट सामान्य अवस्थामा ल्याउनको लागि शान्ति नमुनाले चालेको कदमप्रति प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउदै बालबालिकाको जीवन सहज बनाउनको लागि चाहिने स्रोत साधनको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले अटिजमलाई समयमै चिन्न वा पत्ता लगाउन सकेमा नियन्त्रणका लागि कदम चाल्न सजिलो हुने बताउनुभयो । पछिल्लो समयमा आमा बुबाको व्यस्त जीवनशैलीका कारण बालबालिकालाई भुलाउने क्रममा दिईने मोबाईलका कारण पनि अटिजम हुने गरेको उहांले बताउनुभयो ।
अटिजम केयर सोसाईटी लुम्बिनीका अध्यक्ष सतिस रुपाखेतीले अटिजम आफैमा विशेष अवस्था भएको बताउनुभयो । हेर्दा सामान्य देखिने बालबालिकाहरुमा समेत अटिजमको समस्या हुने भन्दै उहाँले लामो समयको घुलमिल पछि मात्र समस्या थाहा पाउन सकिने जानकारी दिनुभयो ।
शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले नेपालमै पहिलो अटिजम विद्यालय संचालन गर्न लागेको बताउदै बालबालिकालाई विशेष प्रकारको शिक्षा दिनुका साथै समायोजन तथा सामाजिकीकरणका तालिम दिँदै पुनस्र्थापनाका कार्यक्रमहरु चलाइने उल्लेख गर्नुभयो ।
उहाँले त्यसका लागि आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराईदिन स्थानीय तह र प्रदेश सरकारसंग आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनालले गर्नुभएको थियो ।
((((((((((((((((((((

≪ Previous Post

नेपाल नियमित रक्तदाता संघ रुपन्देही आफ्नै भवनमा

Next Post ≫

रुपन्देहीका फर्निचर उद्योगीको गुनासो – उद्योग गर्ने वातावरण छैन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क