बुटवल, २८ साउन । वालवालिकालाई कस्तो बनाउने भन्ने विषय अभिभावकको बढी जिम्मेवारी र महत्व हुने बुटवलमा आयोजित एक कार्यक्रममा वोल्नेहरुले बताएका छन् ।
अभिभावक संघ रुपन्देही र अभिभावक महासंघ लुम्बिनी प्रदेशको सम्युक्त आयोजनामा शनिवार यस क्षेत्रकै नमूना विद्यालय कालिका मानव ज्ञानका अभिभावकहरुको अभिमुखिकरण कार्यक्रममा वोल्नेहरुले शिक्षक विद्यालय भन्दा पनि अभिभावक विद्यार्थीकालागि बढी सचेत र जिम्मेवारी हुनुपर्ने आवश्यक्ता औल्याएका हुन् ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले गुणस्तरीय शिक्षाका लागि संख्या भन्दा पनि शैक्षिक मापनमा ध्यान दिनुपर्ने बताउनु भयो । संख्या बढाउंदैमा शैक्षिक उपलब्धि हुननसक्ने भन्दै प्रमुख खाँणले गुणस्तरीयतामा ध्यानदिन जरुरी रहेको औल्याउनु भयो । उहाँले वालवालिकाको शैक्षिक उन्नतिका लागि अभिभावकको महत्वपूर्ण जिम्मेवारी हुने भएकाले अभिभावकहरु सधै सचेत हुनुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले अभिभावकहरुको सोचाई शैली र बुझाई जस्तो हुन्छ वालवालीकाको व्यवहार पनि सोही अनुसारको हुनेहुदा अभिभावकले योजना बनाउदा सफलताका आधारहरु तयगर्न जरुरी रहेको औल्याउनु भयो । उहाँले अभिभावकहरुको सकारात्मक सोच नै वालवालिकाको भविष्य रहेको बताउनु भयो ।
अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा हिसान नेपालका वरिष्ठ उपाध्यक्ष लोकनाथ उपाध्याय, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, कालिका मानव ज्ञानका प्रिन्सिपल दिनेश थापा, पुस्तक तथा स्टेशनरी व्यवसायी रुपन्देहीका अध्यक्ष रामकृष्ण चापागाई, महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम बहादुर थापा, अभिभावक संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष नित्यानन्द ज्ञवाली लगाएतले असल अभिभावकवाट मात्र गुणस्तरीय वालवालिका तयार हुने धारणा राख्नु भएको थियो ।