Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ परासीको वाइपास चोकमा ट्रकले बसलाई ठक्कर दिंदा १९ जना घाइते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

परासीको वाइपास चोकमा ट्रकले बसलाई ठक्कर दिंदा १९ जना घाइते

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७९ · 0
परासीको वाइपास चोकमा ट्रकले बसलाई ठक्कर दिंदा १९ जना घाइते
100
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, २८ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित वाइपास चोकमा ट्रकले बसलाई ठक्कर दिंदा १९ जना घाइते भएका छन् ।
शनिबार दिउँसो रामग्राम नगरपालिका ५ बाइपास चोकमा पश्चिमबाट पूर्व आउँदै गरेको बागमती प्रदेश ०३–००१– क ०१८९ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको लु १ ख ९५७७ नम्बरको बसलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट बसमा सवारी १९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये १७ जनाको पृथ्वी चन्द्र जिल्ला अस्पताल परासी र २ जनाको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरु मध्ये पश्चिम नवलपरासीको रामग्राम १६ तोनवा निवासी ३५ बर्षीया रामरती यादव र बर्दघाट नगरपालिका १२ निवासी ३० बर्षीया बिनु शाही गम्भीर रहेका छन् । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको छ ।
घाइतेहरुको विवरण :
१. जिल्ला नवलपरासी रामग्राम न.पा.–१६ तोनवा बस्ने बर्ष अं. ३५ कि रामरती यादवको टाउकोमा चोट, सिरियस, भैरहवा मेडिकल कलेज रूपन्देही रिफर ।
२. ऐ.ऐ. बर्दघाट न.पा.–१२ दबिल्ला बस्ने बर्ष अं. ३० कि बिनु शाही टाउकोमा चोट सिरियस, भैरहवा मेडिकल कलेज रूपन्देही रिफर ।
३. जिल्ला नवलपरासी सरावल गा.पा.–४ ललितपुर बस्ने बर्ष अं. २३ को पुनम चमारको छातीमा चोट, अवस्था मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
४. ऐ. –५ दुबौलिया बस्ने बर्ष अं. २४ को बिजय कुमार हरिजनको बाँया हातमा चोट सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
५. ऐ. पाल्हीनन्दन गा.पा. –२ अमानिगंज बस्ने बर्ष अं. २० कि प्रियंका यादवको टाउको र पिठ्युमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
६. ऐ. सुस्ता गा.पा. –५ तरैनी बस्ने बर्ष अं. २१ कि गुन्जा कुमारी पालको बांया हातमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
७.. ऐ.ऐ. बस्ने बर्ष अं. २० को आकाश पालको बाँया हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
८. ऐ.ऐ. प्रतापपुर गा.पा.–७ सुर्यपुरा बस्ने बर्ष अं. २२ कि मनिषा चौधरीको शरिरको भित्री भागमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
९. जिल्ला कपिलवस्तु बुद्धभूमि न.पा.–८ चरीगाउँ बस्ने बर्ष अं. २० को दिपेन्द्र यादवको अनुहारमा चोट ,सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१०. जिल्ला नवलपरासी पुर्वी कावासोती न.पा.– १७ बभनौली बस्ने बर्ष अं. ३२ कि राजकुमारी थनेतको कम्मरमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
११. ऐ.ऐ. बस्ने निजको छोरी बर्ष अं. ५ कि ज्योती थनेतको शरिरको भित्री भागमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१२. ऐ.ऐ. देवचुली न.पा.– १३ दलदले बस्ने बर्ष अं. ३० कि सुनिला थनेतको दाहिने खुट्टामा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१३. जिल्ला कपिलवस्तु यसोधरा गा.पा.– ७ तौलिहवा बस्ने बर्ष अं. २० को शिव सागर यादवको कम्मरमा चोट सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१४. ऐ.ऐ. बर्दघाट न.पा. –४ दिब्यनगर बस्ने बर्ष अं. २७ कि सुजता कुँवरको घांटी र दाहिने हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१५. ऐ.ऐ. बस्ने बर्ष अं.२८ कि शर्मिला सापकोटा शर्माको बाँया कुममा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१६ – भारत जिल्ला महाराजगंज नौतनवा बस्ने बर्ष अं. ४५ को मनोज मदेसियाको बाँया कोख र हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१७. ऐ.ऐ. बस्ने बर्ष अं. ३७ को अमित गुप्ताको दाहिने हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१८. जिल्ला महाराहगंज निचलौल पंचमा बस्ने बर्ष अं. ५० को हदिश अन्सारीको अनुहारमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।
१९. ऐ.ऐ. बस्ने निजको नातिनी बर्ष अं. ६ कि नाजिया खातुनको दाहिने खुट्टामा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

≪ Previous Post

रुपन्देही कोभिड–१९ बिरुद्धको पूर्ण खोप र नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा

Next Post ≫

शिक्षाका लागि संख्याभन्दा शैक्षिक मापनमा ध्यान दिन जरुरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क