Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही कोभिड–१९ बिरुद्धको पूर्ण खोप र नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही कोभिड–१९ बिरुद्धको पूर्ण खोप र नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७९ · 0
रुपन्देही कोभिड–१९ बिरुद्धको पूर्ण खोप र नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा
120
SHARES
ShareTweet

भैरहवा, २७ साउन । रुपन्देही जिल्लालाई कोभिड–१९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
रुपन्देही जिल्लामा कुल जनसंख्या १० लाख ८७ हजार ४ सय ६४ जना मध्ये १२ बर्ष भन्दा माथिको जनसंख्या ८ लाख ३५ हजार ७ सय ९० जना रहेकोमा लक्ष्यभन्दा बढी अर्थात ८ लाख ५३ हजार ७८ जनालाई कोभिड बिरुद्धको दुई डोज खोप लगाएको हुनाले जिल्लालाई कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय भैरहवाले आयोजना गरेको विशेष कार्यक्रममा जिल्लालाई कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गर्दै नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता बिधेयक अबिलम्ब स्विकृत हुनुपर्ने धारण राख्नुभयो ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता बिधेयक किन स्विकृत नभएको भन्ने बारे आफुले बुझ्नै नसकेको भन्दै गृहमन्त्री खााणले सबैको सहमतिमा ल्याइएको नागरिकता बिधेयक स्विकृत गर्न आग्रह गर्नुभएको हो । नागरिकता बिधेयक सबै राजनैतिक दलको सहमतिमा ल्याएको उल्लेख गर्दै मन्त्री खाँणले पूर्व सरकारले ल्याएको बिधेयकमा सार्क मुलुक बाहेकका राष्ट्रमा बस्ने नेपालीहरुले प्राप्त गर्ने नागरिकताको बिषयमा मात्र संशोधन गरि अन्य कुराहरु जस्ताको तस्तै रहेको उल्लेख गर्नुभयो ।
वर्तमान समयमा नेपाली आमा बाबुका करिब ६ लाख युवा युवतीहरु नागरिकताबाट बञ्चित भएकोले उनीहरुलाई नेपाली नागरिक भएको अनुभूति दिलाउन पनि नागरिकता बिधेयक स्विृकत हुन आवश्यक रहेको उहांले वताउनु भयो । एउटा सामान्य मानवको हैसियतमा पाउने सेवा सुविधबाट पनि यस्ता नागरिकहरु बञ्चित हुनु परेको बताउदै खाँणले उनिहरुलाई नयाँ जीवन दिन बिधेयक स्विकृत हुन आवश्यक रहेको बताउनुभयो ।
पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका सन्दर्भमा बोल्दै मन्त्री खाँणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरुको ठूलो भूमिका रहेको बताउनुभयो । उहांले महिला स्वयम सेविकाहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनु पर्नेमा जोड दिंदै स्वयमसेविकाहरु सेवानिवृत हुदा समेत उनीहरुको जिवनयापन गर्न सहज होस भन्ने उद्देश्यले निवृतिभरणको ब्यवस्था गर्न समेत सरकारमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यम मन्त्री ईन्द्रजित थारुले जनता, स्थानीय तह, प्रदेश सरकार र संघ सरकारले एकिकृत योजनाको प्रयासले रुपन्देहीलाई कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको प्रयास सफल भएको बताउनुभयो । उहांले सबैको एकजुट प्रयासले यो महामारीबाट उन्मुक्ति पाएकोले यसले सबै एकजुट भए जस्तो सुकै संकटबाट जुध्न सकिने सन्देश दिएको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार रुपन्देहीको जम्मा जनसंख्या १० लाख ८७ हजार ४ सय ६४ जना मध्ये १२ बर्ष भन्दा माथिको जनसंख्या ८ लाख ३५ हजार ७ सय ९० जना रहेकोमा लक्ष्यभन्दा बढी अर्थात ८ लाख ५३ हजार ७८ जनालाई कोभिड बिरुद्धको दुई डोज खोप लगाएका कारण जिल्ला लाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
रुपन्देही जिल्लाको कोभिड–१९ रोग बिरुद्दको खोपको पहिलो र दोश्रो मात्राको प्रगति देबदह, बुटवल, सैनामैना, कन्चन, तिलोतमा, सिद्धार्थनगर नगरपालिकाको सत प्रतिशत भन्दा बढी प्रगति भएको र बाँकी पालिकाहरुको १ सय प्रतिशत भन्दा केही कम देखिएको प्रमुख ढकालले बताउनुभयो ।
जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नु भन्दा अघि घर घर गई डाटा संकलन गरी कुनै पनि १२ बर्ष माथिका नागरिक खोप लगाउन मिल्ने अवस्थामा रहेको र खोप लगाउनबाट नछुटेको पाइएकोले जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको प्रमुख ढकालले बताउनुभयो । उहांका अनुसार समग्र जिल्लाको प्रगति १ सय २ प्रतिशत रहेको, खोज र खोप अभियान पछि ६२ हजार ५ सय जनाले पुर्ण खोप पाएका थिए ।

≪ Previous Post

एकवर्षमा ३ अर्ब ६९ करोड भन्दा वढिको सुर्ती र सुर्तीजन्य पदार्थ नेपाल भित्रिन्छ

Next Post ≫

परासीको वाइपास चोकमा ट्रकले बसलाई ठक्कर दिंदा १९ जना घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क