Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँंकरनगर खानेपानी संस्थाको उपाध्यक्षमा केशव तिवारी निर्वाचित
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

शँंकरनगर खानेपानी संस्थाको उपाध्यक्षमा केशव तिवारी निर्वाचित

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७९ · 0
शँंकरनगर खानेपानी संस्थाको उपाध्यक्षमा केशव तिवारी निर्वाचित
70
SHARES
ShareTweet

बुटवल, २१  साउन । तिलोत्तमा–२ योगीकुटीस्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफई संस्थाको उपाध्यक्षमा केशवप्रसाद शर्मा तिवारी निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न भएको उपनिर्वाचनमा विष्णु भण्डारीलाई २२ मत अन्तरले पराजित गर्दै तिवारी उपाध्यक्षमा निर्वाचित भएका हुन् । खानेपानी संस्थाका १०१ जना मतादातामध्ये ९७ मत खसेकोमा तिवारीले ५९ मत प्राप्त गरेका छन् भने भण्डारीले ३७ मत पाएका छन् । एक मत बदर भएको थियो ।
तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमुक्ति पार्टी बिचको सहमतिअनुसार संस्थाको अधिबेशनमा उपाध्यक्ष पद कांग्रेसको भागमा परेको थियो । स्थानीय निर्वाचनमा संस्थाका उपाध्यक्ष डिलबहादुर भट्टराईले पदबाट राजीनामा दिई तिलोत्तमा–२ को अध्यक्षमा निर्वाचित भएपछि उपाध्यक्ष पद रिक्त भएको थियो ।
रिक्त उपाध्यक्ष पद नेपाली काँग्रेसको भागमा परेको भन्दै नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले उक्त पदमा पार्टीको आधिकारिक उम्मेदवार विष्णु भण्डारीलाई अगाडी सारेको थियो । पार्टीले गरेको सिफारिस र निर्णय प्रक्रिया प्रति असहमति जनाउदै काँग्रेसकै तर्फबाट संस्थामा सल्लाहाकार रहेका तिवारीले पदवाट राजिनामा दिई सोही पदमा उम्मेदवारी दर्ता गराएपछि उपाध्यक्ष चयनका लागि निर्वाचन भएको हो ।
नेपाली काँग्रेसले सिफारिस गरेका आधिकारिक उम्मेदवार भण्डारीको पक्षमा सहमति जुटाउन र निर्वाचन प्रक्रियामा नजान अन्तिम समयसम्म प्रयास गरेपनि प्रयास सफल हुन नसकेपछि भएको उप निर्वाचनमा आधिकारिक उम्मेदवार भण्डारीलाई पराजित गरी तिवारी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
उप निर्वाचनका लागि संस्थाका सल्लाहाकारहरु हरिप्रसाद तिवारी संयोक तथा कमलप्रसाद पौडेल र बेलप्रसाद शर्मा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । नव निर्वाचित उपाध्यक्ष तिवारीलाई शनिबार नै निर्वाचन संयोजक तिवारीले पद तथा गोपनियतताको सपथ ग्रहण र संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले पदवहाली गराएका थिए ।

 

≪ Previous Post

ब्यवसायिक दक्षता र आधारभूत ज्ञानको कमीले कर प्रणालीमा समस्या

Next Post ≫

प्रजातान्त्रिक विचार समाजमा पाण्डेय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क