Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ब्यवसायिक दक्षता र आधारभूत ज्ञानको कमीले कर प्रणालीमा समस्या
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवल–बेलहिया खण्डको अलपत्र सडक निर्माणलाई अघि बढाउने निर्माण कम्पनीको प्रतिवद्धता

बुटवल–बेलहिया खण्डको अलपत्र सडक निर्माणलाई...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

ब्यवसायिक दक्षता र आधारभूत ज्ञानको कमीले कर प्रणालीमा समस्या

संसारपोस्ट संवाददाता · २० श्रावण २०७९ · 0
ब्यवसायिक दक्षता र आधारभूत ज्ञानको कमीले कर प्रणालीमा समस्या
90
SHARES
ShareTweet

बुटवल, २० साउन । करदाताको वित्तीय विवरण एउटाले तयार पार्ने र अर्कोले प्रमाणित गर्ने गरेका कारण लेखा परीक्षण प्रणालीमा समस्या उत्पन्न हुने गरेको सरोकारवालाले बताएका छन् ।
फाइल तयार गर्ने ब्यक्ति जवाफदेही नहुने र जसले फाइल नै अध्ययन नगरी सहीछाप गर्छ उसलाई फाइलका विषयमा कुनै जानकारी नहुने समस्याका कारण कर प्रणालीमा प्रश्न उठ्ने गरेको उनीहरुले बताए ।
नेपाल अडिटर्स एशोसियसन (अडान) रुपन्देहीले संस्थाको १७ औं स्थापना दिवस (अडान डे)का अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्ने सरोकारवालाहरुले कतिपय लेखा परिक्षकमा ब्यवसायिक दक्षता र आधारभूत ज्ञानको अभावमा केही कमी कमजोरी भएपनि पछिल्लो समय लेखा परीक्षण प्रणालीमा धेरै सुधार भएको बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले हरेक पेशामा सुधारको आवश्यक्ता रहेको भन्दै आफ्नो पेशाा र ब्यवसाय प्रति सबै जावाफदेही हुनुपर्ने बताए ।
ब्यापार ब्यवसाय सधै नाफामा हुंदैन, नाफा घाटाको दायित्व लेखापरीक्षकले लिने होइन प्रमुख कर अधिकृत आचार्यले भने–‘जे जस्तो छ यथार्थ आर्थिक विवरण प्रस्तुत गरेर सबैले आफ्नो दायित्व र जिम्मेवारी पुरा गरौं ।’ ब्यवसायीले तत्कालिन सहजता र फाइदा हेरी भविष्यको जोखिम नहेर्ने भएकाले करदाताले भविष्यमा मोल्नुपर्ने जोखिमका विषयमा समयमै ब्यवसायीलाई सचेत वनाउने काम लेखापरीक्षकले गर्नुपर्नेमा उनले जोड दिए ।
आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत ध्रुव प्रसाद पाण्डेले करदाताको आर्थिक विवरणको फाईल एउटाले तयार पार्ने र आर्कोले अध्ययननै नगरी फाइलमा सहिछाप गर्ने गरेका कारण कर प्रणालीमा समस्या आउने गरेकाले यसमा सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुका कर अधिकृत दिनेश पाण्डेले करको विषय सजिलो विषय होइन भन्दै लेखा परीक्षकको ब्यवसायिक दक्षता र कर प्रणाली बुझेर लेखा परीक्षण गर्नेहो भने करका विषयमा समस्या नआउने बताए ।
नेपाल अडिटर्स एशोसियसन (अडान) रुपन्देहीका अध्यक्ष राम प्रसाद पौडेलको सभापतित्व र सचिव कृष्ण प्रसाद न्यौपानेको संचालनमा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कृष्णनगरका कर अधिकृत धनिश्वर अर्यालले आर्थिक ऐन २०७९ बाट संशोधन भएका कर सम्वन्धि विषयमा प्रशिक्षण मुलक प्रस्तुति दिएका थिए ।
सो अवसरमा नेपाल अडिटर्स एशोसियसनका केन्द्रीय उपमहासचिब साबित्री शर्मा,केन्द्रीय सचिव नेत्र प्रसाद ज्ञवाली, केन्द्रीय सदस्य नारायण प्रसाद घिमिरे, बुटवल उद्योग बाणिज्य संघका महासचिब बिमलराज भट्टराई, रुपन्देही उद्योग संघका महासचिब हरि खत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, आइक्यान बुटवल च्याप्टरका सिए शिवहरी शर्मा, इक्यानका निवर्तमान अध्यक्ष छबि पोखरेल, नेपाल अडिटर्स एशोसियसन लुम्विनी प्रदेश अध्यक्ष ओम बहादुर मल्ललगायतले बोल्दै दक्ष जनशक्तिको अभावका कारण लेखा परीक्षण ब्यवसायमा समस्या आएको बताए । लेखापरीक्षकबाट हुने गल्ती कमजोरीका कारण धेरै करदाता ब्यवसायी समस्यामा पर्ने गरेको भन्दै उनीहरुले सबै आफ्नो पेशा प्रति जवाफदेही हुदै कामको नैतिक दायित्व लिनुपर्ने बताए ।
१७ औं स्थापना दिवस(अडान डे) को अवसरमा केक काटेर एक आपसमा शुभकामना आदान पदान समेत गरिएको थियो ।

≪ Previous Post

कार्यसम्पादन प्रगतिमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट

Next Post ≫

शँंकरनगर खानेपानी संस्थाको उपाध्यक्षमा केशव तिवारी निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क