Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कार्यसम्पादन प्रगतिमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

कार्यसम्पादन प्रगतिमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट

संसारपोस्ट संवाददाता · २० श्रावण २०७९ · 0
कार्यसम्पादन प्रगतिमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट
70
SHARES
ShareTweet

गुल्मी, २० साउन । जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन प्रगतिमा सर्वोत्कृष्ट भएको छ । जिल्ला प्रशासन कार्यालयहरूको औसत कार्यसम्पादन प्रगति ८९.८ प्रतिशत रहेको छ । ६८ वटा परिसूचकमा गरी ९७ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट भएको हो ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष २०७८–७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्न गठित समितिको मूल्याङ्कनमा यस्तो औसत देखाइएको हो ।
गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालको संयोजकत्वको समितिले बिहीबार मूल्याङ्कन प्रतिवेदन गृह सचिवसमक्ष पेस गरेको छ । प्रतिवेदन अनुसार ४६ जिल्लाले ९० प्रतिशतभन्दा बढी र २९ जिल्लाले ८० प्रतिशतदेखि ९० प्रतिशतबीचको अङ्क प्राप्त गरेका छन् । बाँकी दुई जिल्लाले ७७ प्रतिशत अङ्क हासिल गरेका छन् ।
कार्यसम्पादनमा उत्कृष्ट अङ्क प्राप्त गर्ने पाँचौँ स्थानसम्मका जिल्लामा गुल्मी ९७.७५ प्रतिशत, अर्घाखाँची ९७ प्रतिशत, नवलपरासी पूर्व ९६.७५ प्रतिशत, रुकुम पश्चिम ९६ प्रतिशत, डडेल्धुरा र हुम्ला ९५ प्रतिशत रहेका छन् ।
अर्घाखाँची, नवलपरासी (वर्दाघाट सुस्ता पूर्व), रुकुम (पश्चिम), डडेल्धुरा, हुम्ला, चितवन, तनहुँ, सल्यान, बैतडी, नवलपरासी (पश्चिम), पर्वत, जाजरकोट, मुस्ताङ, भक्तपुर, दाङ, सङ्खुवासभा, तेह्रथुम, बारा, स्याङ्जा, दार्चुला, ओखलढुङ्गा, कास्की, दैलेख, पर्सा, बाँके, मनाङ, लमजुङ, ललितपुर, उदयपुर, मकवानपुर, मोरङ, रसुवा, सोलुखुम्बु, अछाम, बर्दिया, भोजपुर, इलाम, प्युठान, रामेछाप, झापा, पाल्पा, सुनसरी, सुर्खेत, कपिलवस्तु र मुगुले ९० प्रतिशतभन्दा बढी अङ्क ल्याई उत्कृष्ट स्थान हासिल गरेका छन् ।
त्यसैगरी डोटी, धादिङ, नुवाकोट, बझाङ, बागलुङ, रोल्पा, गोरखा, रौतहट, कञ्चनपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, रुपन्देही, महोत्तरी, जुम्ला, रुकुम(पूर्व), काठमाडौँ, सर्लाही, सिन्धुपाल्चोक, सिरहा, खोटाङ, म्याग्दी, पाँचथर, ताप्लेजुङ, बाजुरा, दोलखा, कालीकोट, धनकुटा, धनुषा, कैलाली) प्रशासन कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनको स्तर ८० देखि ९० प्रतिशतको बीचमा देखिन्छ भने सप्तरी र डोल्पा जिल्लाले ७७.५ अङ्क प्राप्त गरेका छन् ।
गत आर्थिक वर्षमा मन्त्रालयबाट खटिइ गएको टोलीले ४१ जिल्लाको स्थलगत अनुगमन गरी एकीकृत अनुगमन ढाँचाबमोजिम कार्यसम्पादनको अवस्था हेरी सुधारका उपायहरू सुझाएको थियो । अर्धवार्षिक मूल्याङ्कनको अवधिसम्म ६८ जिल्लाको प्रगति ५० प्रतिशतभन्दा न्यून रहेको, ३७ वटा जिल्लाले ३० प्रतिशत अङ्कसमेत हासिल नगरेको र आठवटा जिल्लाले १० प्रतिशतभन्दा कम अङ्क प्राप्त गरेको अवस्थाबाट माथि उठेर आर्थिक वर्षको अन्त्यमा स्तर वृद्धि भएको प्रतिवेदनमा जनाइएको छ ।
कार्यसम्पादन सम्झौताका छवटा विषयगत क्षेत्रहरू शान्तिसुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासनअन्तर्गत गरी ६८ वटा परिसूचकमा गरी ९७ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट भएको हो ।

≪ Previous Post

रुपन्देहीको शँकरनगर सामुदायिक वनलाई ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’

Next Post ≫

ब्यवसायिक दक्षता र आधारभूत ज्ञानको कमीले कर प्रणालीमा समस्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क