Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको शँकरनगर सामुदायिक वनलाई ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

रुपन्देहीको शँकरनगर सामुदायिक वनलाई ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’

संसारपोस्ट संवाददाता · २० श्रावण २०७९ · 0
रुपन्देहीको शँकरनगर सामुदायिक वनलाई ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’
110
SHARES
ShareTweet

तिलोत्तमा, २० साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शँकरनगर सामुदायिक वन तिलोत्तमा १–४, ले यस वर्षको ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’ का लागि छनोट भएको छ ।
वनको संरक्षण, दिगो उपयोग सम्बन्धी कार्यक्रम संचालन, जैविक विविधताको संरक्षण, डढेलो नियन्त्रण, समूहमा सुशासन कायम राख्न सफल, दिगो उपयोग, वातावरण सन्तुलन तथा गरीबी न्यूनीकरणमा पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकार वन तथा बातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागले शँकरनगर सामुदायिक वनलाई पुरस्कारका लागि छनोट गरेको हो ।
वनको संरक्षण र सम्वद्र्धन संगै पर्यटकीय क्षेत्रमा समेत राम्रो काम गरेको, वन क्षेत्रमा रहेको खाली जग्गामा वृक्षारोपण गरी वातावरण संरक्षणमा समेत विशेष योगदान पु¥याएका कारण नेपाल भरीका सामुदायिक वन उपभोक्ता समूहबाट छनोट भई यस बर्षको गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार –२०७९ का लागि छनोट हुन सफल भएको सामुदायिक वनका अध्यक्ष रबिन्द्र बस्नेतले बताए ।
नेपाल सरकार वन तथा बातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागले हरेक बर्ष देशभरिका सामुदायि वन मध्येबाट उत्कृष्ट छनोट गरी गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गर्दै आईरहेको छ । पुरस्कार राशि नगद रु. एक लाख र प्रमाणपत्र रहेको छ ।
देश भर रहेका सामुदायिक वनहरुबाट राम्रो काम गर्ने सामुदायिक वनहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले बार्षिक रुपमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारको व्यवस्था गरिएको हो । मुलुकभरी २३ हजार सामुदायिक वन रहेका छन् ।
वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभागले स्थापना गरेको यो पुरस्कार यही साउन २५ गते काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर प्रदान गरिने विभागले जनाएको छ ।
यस्तै साझेदारी वन तर्फ पनि रुपन्देहीकै लुम्बिनी साझेदारी वन ब्यवस्थापन समूह भैसाही प्रथम भै ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ का लागि छनौट भएको छ । कर्मचारी तर्फ डिभिजन वन कार्यालय रुपन्देहीमा कार्यरत कर्मचारी (वन रक्षक) छविलाल अर्जेल द्वित्तीय भै गणेश बहादुर शाही संरक्षण पुरस्कारका लागि छनौट भएका छन् ।
शँकरनगर, भैसाही र वन रक्षक अर्जेललाई वन विभागले साउन २५ गते काठमाडौंमा पुरस्कार प्रदान गर्ने छ ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा ३ लाख वढिको अवैध सामान वरामद

Next Post ≫

कार्यसम्पादन प्रगतिमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क