भैरहवा, २० साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ३ लाख वढिको अवैध सामान वरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन १८ गते राति ९ बजेको समयमा सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बुद्धचोकमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ३ लाख ५७ हजार ४ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको हो । प्रहरी टोलीले सुट १०० पिस, लेगिज ३२ पिस, साडी २६० पिस, बनारसी साडी १५ पिस, लेन्गा २ पिस, जुत्ता २६ पिस, हार्डवेयर सामान ५ पिस, चस्मा ३५० पिस, सामसुङ कम्पनिको मोवाइल ४ पिस, भिभो कम्पनिको मोवाइल २ पिस, रियलमी मोवाईल २ पिस बरामद गरेको छ ।