Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर सामुदायिक वनमा तिलोत्तमाका जनप्रतिनिधिलाई सम्मान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शँकरनगर सामुदायिक वनमा तिलोत्तमाका जनप्रतिनिधिलाई सम्मान

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७९ · 0
शँकरनगर सामुदायिक वनमा तिलोत्तमाका जनप्रतिनिधिलाई सम्मान
60
SHARES
ShareTweet

वनलाई प्राणी उद्यान पार्कका रुपमा विकास गर्ने नगरप्रमुख खाँणको प्रतिवद्धता
तिलोत्तमा, १९ साउन । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह, तिलोत्तमा रुपन्देहीले तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई शुभकामना सहित बधाई ज्ञापन गरेको छ ।
स्थानीय तह निर्वाचनबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, सामुदायिक वनको सेवा क्षेत्र अन्तर्गत पर्ने तिलोत्तमा १–४ का वडाध्यक्ष र सदस्यहरुलाई समूहको कार्यालयमा आयोजित कार्यक्रममा सम्मान सहित बधाई ज्ञापन गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले मानिसको मानसिक्ता र सोचाईमा परिवर्तन नआएसम्म कुनै पनि क्षेत्रको विकास र परवर्तन सम्भव नहुने बताउनु भयो । उहांले वनलाई उत्पादनसंग जोडेर युवा, महिलाहरुलाई आयमुलक काममा सरिक गराउनुपर्नेमा जोड दिनुभयो । शँकरनगर सामुदायिक वनमा आन्तरिक र वाह्य पर्यटक भित्राउदै वनलाई प्राणी उद्यान पार्कको रुपमा विकास गरी आम्दानीको गन्तब्यको रुपमा विकास गर्न नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । नगरपालिकालाई हरित शहरको रुपमा विकास गर्नका लागि नगरपालिका नगर क्षेत्र भित्र रहेका सबै सामुदायिक वनसंग सहकार्य गरेर अगाडी बढ्ने नगरप्रमुख खाँणले बताउनुभयो ।
कार्यक्रममा सामुदायिक वनका अध्यक्ष रबिन्द्र बस्नेतले सामुदायिक वन तिलोत्तमा नगरपालिकासंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो । वनको क्षेत्रफल ठूलो भएकाले काठ दाउरा संगै वन्य जन्तुको चोरी शिकारी नियन्त्रण गर्न चुनौति रहेकाले चोरी निकासी नियन्त्रणका लागि आवशयक सहयोग गर्न नगरप्रमुख खाँणसंग आग्रह गर्नुभयो । शँकरनगर सामुदायिक वन नमुना सामुदायिक वनको रुपमा स्थापित भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनलाई वढावा दिनेखालका कार्यक्रमका लागि सामुदायिक वन तिलोत्तमा नगरपालिकासंग सहकार्य गरेर अगाडी वढ्न तयार रहेको अध्यक्ष बस्नेतले बताउनु भयो ।
समूहका उपाध्यक्ष कमला ज्ञवालीको स्वागत तथा सचिव कालिका अधिकारीको संचालनमा भएको कार्यक्रममा समूहका सल्लाहकार राम गिरी, प्रेस सल्लाहाकार खिमानन्द भट्टराई, कार्यपािलका सदस्य सावित्रा आचार्य, १ का वडाध्यक्ष फर्सुराम गिरी, २ का अध्यक्ष डिलबहादुर भट्टराई, समूहका सदस्य भरत ज्ञवाली लगायतले बोल्दै शँकरनगर सामुदायिक वनको विकास र संवद्र्धनका लागि सबैको साथ र सहियोग आवश्यक रहेको बताउनु भयो ।

≪ Previous Post

लायन्स क्लव डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्याविनेट रूपन्देहीमा हुने

Next Post ≫

रुपन्देही प्रहरीद्वारा ३ लाख वढिको अवैध सामान वरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क