Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्लव डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्याविनेट रूपन्देहीमा हुने
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

लायन्स क्लव डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्याविनेट रूपन्देहीमा हुने

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७९ · 0
लायन्स क्लव डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्याविनेट रूपन्देहीमा हुने
100
SHARES
ShareTweet

बुटवल, १८ साउन । ‘हामी सेवा गछौं भन्ने मुल नाराका साथ स्थापना भएको लायन्स क्लवहरुको डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्याविनेट पदस्थापना कार्यक्रम रुपन्देहीमा हुने भएको छ । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पि को पहिलो पदस्थापना कार्यक्रम रुपन्देहीमा हुन लागेको हो ।
यहि साउन २० गते शुक्रबार मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना हुने कार्यक्रमको तयारी समेत तिब्र पारिएको छ ।
लायन्स एरिया नम्बर ३ र नम्बर ४ को आयोजनामा बुटवलमा भएको पत्रकार सम्मेलनमा एरिया चिफ एम एल पाण्डेले डिष्ट्रिक घोषणा भएको ४५ दिन भित्र क्याविन पदस्थपाना तथा फष्ट क्याविनेट मिटिङ्ग गर्नुपर्ने लायन्स अन्तराष्ट्रिय नियम अनुसार कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
कार्यक्रमका लागि एरिया ३ का एरिया चिफ द्वय माधव खनाल । एमएल पाण्डे कार्यक्रम संयोजक रहेका छन् । उक्त कार्यक्रममा सहभागिीका लागि श्रीलंकाबाट अन्तराष्ट्रिय डाईरेक्टर महेश पास्कवाल आउने जनाईएको छ ।
यस्तै कार्यक्रममा पाष्ट ईन्टरनेशनल डाईरेक्टर सञ्जय खेतान, लायन्स बालकृष्ण बुर्लाकोटी, खगेन्द्र सिटौला, मल्टिपल चियरपर्सन केशव पाण्डे समेतको सभागिता रहने छ । डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, सहितका लायन्सका प्रथम भाईस ड्रिष्टक गर्भनर अर्जुनमान सैजु, द्वित्तीय भाईस डिष्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्ग, तथा पुर्व गभर्नहरु अरुण प्रताप राणा, सुनिल ओझा, अनुप पहारी, महेन्द्रनारायण श्रेष्ठ समेतको सहभागिता हुने छ ।
यस्तै क्याविनेट सेक्रेटरी सन्दिप कसौधन तथा क्याविनेट ट्रेजर विनोद खरेल कार्यक्रमलाई भब्य बनाउने तयारीमा जुटेका छन् । लायन्स एरिया ४ का एरिया चिफ माधव खनालका अनुसार कार्यक्रममा विभिन्न १२ वटा स्टल समेत राखिने छ । श्रीलंकाबाट समेत लायन्सहरुको सहभागिी हुने भएकोले नेपाली ढाका कपडाको स्टल सहित नेपाली संस्कृति झल्किने विभिन्न मठ– मन्दिरहरुको समेत प्रदर्शन गरिने छ ।
नेपाली मौलिक नाच, नेवारी कला संस्कृति सहितको नाच लगायत नेपाली मौलिक परम्परा, पहिचान झल्किने गरी कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक समेत रहेका एरिया ४ चिफ माधव खनालले जानकारी दिए ।
३२५ पि अन्तर्गत नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाण्डौ सहितका १ सय ८४ वटा क्लवमा ४ हजार ६ सय ७ जना सदस्य रहेका डिष्ट्रिकबाट कार्यक्रममा १ हजार २ सय जना लायन्सहरु थप १ सय जना अन्य गरी करिव १३ सय भन्दा बढिको सहभागिता हुने अपेक्षा गरिएको छ ।

≪ Previous Post

बुटवल उपमहानगरपालिकामा भू उपयोग नीति, ऐन र नियमावलीबारे छलफल

Next Post ≫

शँकरनगर सामुदायिक वनमा तिलोत्तमाका जनप्रतिनिधिलाई सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क