Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उपमहानगरपालिकामा भू उपयोग नीति, ऐन र नियमावलीबारे छलफल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उपमहानगरपालिकामा भू उपयोग नीति, ऐन र नियमावलीबारे छलफल

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७९ · 0
बुटवल उपमहानगरपालिकामा भू उपयोग नीति, ऐन र नियमावलीबारे छलफल
90
SHARES
ShareTweet

वडामा रहेका जग्गाहरुको अवस्थाको विवरण तयार गरेर नाप नक्शांकनको प्रक्रिया अघि बढाइने

बुटवल, १७ साउन । बुटवल उपमहानगरपालिकामा भू-उपयोग नीति, ऐन र नियमावलीबारे छलफल तथा अभिमुखीकरण कार्यक्रम भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग नीतिले स्थानीय तहलाई भूबनोट, भूमिको क्षमता र उपयुक्तता, उपयोग र आवश्यकताका आधारमा जग्गाको वर्गीकरण गर्ने अधिकार दिएको छ ।
सोहीअनुसार बुटवल क्षेत्रका जग्गाको नक्सा, वर्गीकरणको आधार, मापदण्ड र क्षेत्रफलका आधारमा वर्गीकरण गर्नका लागि तयारीस्वरुप स्थानीय भू उपयोग परिषद्को आयोजनामा छलफल भएको हो ।
छलफलले ९ दिनभित्र वडास्तरबाट जग्गाहरुको विवरण संकलन गर्ने र त्यसपछि औपचारिक प्रक्रिया अघि बढाउने निर्णय भएको परिषद्का अध्यक्ष समेत रहनुभएका नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
उहाँले वडामा रहेका जग्गाहरुको अवस्थाको विवरण तयार गरेर परिषदमा पेश गरेपछि नाप नक्शांकनको औपचारिक प्रक्रिया अघि बढाउने बताउनुभयो ।
कार्यक्रममा भू उपयोग नीति, ऐन र नियमावलीबारे मालपोत कार्यालय बुटवलका निमित्त मालपोत अधिकृत घनश्याम अर्यालले सहजीकरण गर्नुभएको थियो ।
भू उपयोग नीति, ऐन र नियमावलीबारे जनप्रतिनिधिलाई लाभ हुने गरी अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले जानकारी दिनुभयो ।
यस्तै, भू उपयोगसम्बन्धी राजनीतिक दलहरु रहेको नगरस्तरीय सहजीकरण समितिले ३ जना सदस्यमा जितबहादुर मल्ल, सीता खनाल र प्रकाश परियारलाई थप गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख तथा समितिका अध्यक्ष खेलराज पाण्डेको अध्यक्षतामा बसेको समितिको बैठकले राष्ट्रिय भूमि आयोगलाई आवश्यक पर्ने जनशक्तिका लागि बुटवल उपमहानगरपालिकाले समन्वय गर्ने निर्णय गरेको छ ।

≪ Previous Post

बुटवल उपमहानगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउण्टर

Next Post ≫

लायन्स क्लव डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्याविनेट रूपन्देहीमा हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क