Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उपमहानगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउण्टर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उपमहानगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउण्टर

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७९ · 0
बुटवल उपमहानगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउण्टर
70
SHARES
ShareTweet

बुटवल, १७ साउन । राष्ट्रिय वाणिज्य बैंकले बुटवल उपमहानगरपालिकामा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । बुटवल उपमहानगरपालिकाको कार्यालयमा स्थापना गरिएको एक्सटेन्सन काउण्टरको मंगलबार नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
काउण्टरको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले एक्सटेन्सन काउण्टरको स्थापनाले उपमहानगरपालिकाको राजस्व संकलनका साथसाथै बुटवल बजार क्षेत्रलाई समेत लाभ हुने बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आफ्ना सेवालाई समयको मागअनुसार प्रविधिमैत्री बनाउने बताउनुभयो । उहाँले देशभरका २ सय ५८ शाखाबाट ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको र अझै स्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाउनुुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उपमहानगरको काउण्टरको सेवा स्तरीय बनाउन आग्रह गर्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बुटवल आसपासका उद्योगी व्यवसायीलाई समेत लाभ हुने गरी सेवा प्रवाह गर्न सुझाव दिनुभयो ।
कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक लुम्बिनी प्रदेश प्रबन्धक दिनेश गौतमको अध्यक्षता, उपप्रबन्धक जितेन्द्र सिंह थापाको सञ्चालन र नायब प्रमुख कार्यकारी अधिकृत सरस्वति अधिकारीको स्वागतमा भएको थियो ।
एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिने बैकले जनाएको छ ।

≪ Previous Post

लुम्बिनी विकास कोषको जग्गामा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज

Next Post ≫

बुटवल उपमहानगरपालिकामा भू उपयोग नीति, ऐन र नियमावलीबारे छलफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क