Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी विकास कोषको जग्गामा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी विकास कोषको जग्गामा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७९ · 0
लुम्बिनी विकास कोषको जग्गामा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज
100
SHARES
ShareTweet

लुम्बिनी, १७ साउन । लुम्बिनी विकास कोषको परिषद बैठकले कोषको गुरूयोजना विपरित रिसोर्ट संचालनका लागि कोष मातहतको जग्गा दिने भनी भएको निर्णय खारेज गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको परिषद् बैठकले जग्गा दिने निर्णय खारेज गरेको हो ।
बैठकले क्याम्पेन ग्राउण्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो । गुरूयोजना विपरित ‘क्याम्पेन ग्राउण्ड’ मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको हो ।
परिषद् बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्री श्रेष्ठले लुम्बिनी घुम्न आउने पर्यटकहरुको सुविधा र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको बताउनुभयो । विद्युतीय बस सञ्चालनले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनका लागि आउने पर्यटकलाई सहज हुनेछ ।
कोषको परिषद् बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

≪ Previous Post

तिलोत्तमाकी वर्षाले दिइन् आफ्नै श्रीमान् मोहन बिरूद्ध जवर्जस्ती करणी उजुरी

Next Post ≫

बुटवल उपमहानगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउण्टर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क