Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बौद्ध पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाको अभियान
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

बौद्ध पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाको अभियान

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७९ · 0
बौद्ध पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाको अभियान
80
SHARES
ShareTweet

बुटवल, १७ साउन । राष्ट्रिय जनमोर्चाले बौद्ध पुरातात्विक शहर निर्माणका लागि अभियान चलाउने भएको छ । कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बौद्ध पुरातात्विक महत्वका स्थानहरुलाई मिलाएर पुरातात्विक शहर निर्माणका लागि अभियान चलाउने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
कपिलबस्तु, रुपन्देही, पश्चिम नवलपरासीमा बौद्धकालिन तथा प्राचीन सम्भ्यता रहेकाले ति मानवसंग जोडिएका सम्पदालाई जोडेर पुरातात्विक शहर निर्माणको परिकल्पना गरिएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी गराएका छन् ।
राष्ट्रिय जनमोर्चाले मंगलबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी बौद्ध पुरातात्विक शहर निर्माणबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विश्वका बौद्धिष्टहरुका लागि आकर्षणको केन्द्र बनाउन सकिने भएकाले अभियान सञ्चालन गरिएको बताए ।
पुरातात्विक शहर निर्माणको अभियान कुनैपनि धर्मसंग नजोडिएको स्पष्ट पार्दै उनले भने– ‘बौद्ध पुरातात्विक शहरको निर्माणले पर्यटनको माध्यमबाट आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ । कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासीका विभिन्न स्थानहरुको पुरातात्विक अन्वेषण र संरक्षण गररे ऐतिहासिक ठाउंहरुलाई मिलाएर बौद्ध सम्भयताको एटा विशाल शहर निर्माण हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ । तत्काल बौद्ध पुरातात्विक शहर नभएपनि अहिले परिकल्पना तथा सपना मात्र देखिएको भन्दै यसको निर्माणका लागि आमनागरिक, सरकार, पुरातत्वविद् र सबै सरोकारवालाहरु लाग्नुपर्ने बताए ।
बौद्ध सम्भ्यता शहर निर्माण कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले अहिले पनि कपिलबस्तुमा १३५, रुपन्देहीमा ९९ र नवलपरासीका ४० वटा पुरातात्विक स्थलहरु अन्वेषण र संरक्षण नभएकाले यी सवै स्थानमा उत्खनन गर्दै पुरातात्विक शहरको रुपमा विकास गर्न सकिने बताए ।
त्यस्तै संस्कृतविद् डा. गितु गिरीले १८९५ देखि नेपालमा उत्खनन सुरु हुन थालेपनि अझै पुरातात्विक सम्पदाको संरक्षण हुन नसकेको बताए । धेरै पुरातात्विक सम्पदाको अन्वेषण नभई हराउन थालेको प्रति डा. गितु गिरीले चिन्ता व्यक्त गरे ।
उपप्रध्यापक लिलाबहादुर केसीले मानवसंग सम्बन्धित बौद्धकालिन सम्पदाहरुको उत्खनन् गरी विज्ञान प्रयोगशालाबाट प्रमाणित गर्नुपर्ने र राजनीतिक दलहरुले गम्भीर भएर लागेमा भविश्यमा अहिले कल्पना गरिएको बौद्ध पुरातात्विक शहर निर्माण गर्न सकिने तर्क गरे ।
राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षतामा कार्यक्रम भएको थियो । बौद्ध पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाले दुर्गा पौडेलको संयोजकत्वमा पांच जना सदस्य रहेको कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यहरुमा मनोज भट्ट, हिमलाल पुरी, बद्रे आलम र घनश्याम न्यौपाने रहेका छन् ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा १० लाख वढिको अवैध सामान बरामद

Next Post ≫

तिलोत्तमाकी वर्षाले दिइन् आफ्नै श्रीमान् मोहन बिरूद्ध जवर्जस्ती करणी उजुरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क