Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा १० लाख वढिको अवैध सामान बरामद
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवल–बेलहिया खण्डको अलपत्र सडक निर्माणलाई अघि बढाउने निर्माण कम्पनीको प्रतिवद्धता

बुटवल–बेलहिया खण्डको अलपत्र सडक निर्माणलाई...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देही प्रहरीद्वारा १० लाख वढिको अवैध सामान बरामद

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७९ · 0
रुपन्देही प्रहरीद्वारा १० लाख वढिको अवैध सामान बरामद
80
SHARES
ShareTweet

भैरहवा, १६ साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १० लाख बढिको अवैध सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउंदै गरेको उक्त मूल्य बराबरको अवैध सामान प्रहरीले रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. २ पडसरीबाट बरामद गरेको हो ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २३ बस्ने बर्ष २७ को दामोदर चापागाई चालक र जिल्ला स्याङ्जा वालिङ नगरपालिका वडा नं. १४ बस्ने बर्ष २८ को विशाल तिवारी सवार रहेको ग २ च ४६९७ नं. को गाडीमा लोड गरी ल्याउंदै गरेको रेडवुल ११२ कार्टुन ( ३०० पिस ), बदाम जुस १५४ कार्टुन (१८४८ पिस) र गाडी सहित मुल्य १० लाख १५ हजार १२० बराबरको सामान स्थानीय मानिसको रोहवरमा बरामद गरेको हो । बरामद सामान, गाडी र मानिसहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

स्रोत नखुलेको १२ लाख ५० हजार नगद बरामद

रुपन्देही प्रहरीले स्रोत नखुलेको १२ लाख ५० हजार नगद रुपैयाँ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी चेकिङ टोलीले लु ६ प ७१२९ नम्वरको मोटर साईकल चालक भारत उत्तर प्रदेश जिल्ला महाराजगंज जुगौली बस्ने वर्ष ४६ को आशी शाहको साथबाट १००० र ५०० दरको नोट वरामद गरेको हो । शाहको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ रु. १००० दरका ११०० थान रु. ११ लाख र रु. ५०० दरका ३०० थान रु. १ लाख ५० हजार गरी कूल नेपाली रु. १२ लाख ५० हजार बरामद गरेको हो । बरामद रकम, मानिस र मोटरसाइकल आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमाकी उपप्रमुखको घरमा महिला हिंसा

Next Post ≫

बौद्ध पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाको अभियान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क