Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको तिलोत्तमाकी उपप्रमुखको घरमा महिला हिंसा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको तिलोत्तमाकी उपप्रमुखको घरमा महिला हिंसा

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७९ · 0
रुपन्देहीको तिलोत्तमाकी उपप्रमुखको घरमा महिला हिंसा
60
SHARES
ShareTweet

बुहारी बर्षाले दिइन् प्रहरीमा उजुरी
तिलोत्तमा, १६ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी उपप्रमुखको घरमा महिला हिंसा भएको पाइएको छ । तिलोत्तमा नगरपालिकाको न्यायिक समितिकी संयोजक समेत रहेकी उपप्रमुख चौधरीको घरमा उनकी बुहारीमाथि घरेलु हिंसा भएको हो ।
तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी उपप्रमुख चौधरीकी बुहारी २५ वर्षीया बर्षा थारु घरेलु हिंसामा परेकी हुन् ।
स्थानीय तहमा घरायसी विवाद मिलाउने काम उपप्रमुख तथा न्यायिक समिति संयोजकको हो । तर, उपप्रमुख चौधरीकी बुहारी बर्षाले आफूमाथि घरेलु हिंसा भएको भन्दै इलाका प्रहरी कार्यालय मंगलापुरमा उजुरी दिएकी छन् । वर्षाले आफ्ना श्रीमान् मोहन थारूले दैनिक लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको आरोप लगाएकी छन् ।
इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायव निरीक्षक थमनबहादुर रोकाले बर्षाले श्रीमान विरुद्ध प्रहरीमा उजुरी दिएको र घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको जानकारी दिए ।
प्रहरी निरीक्षक रोकाका अनुसार मोहन थारुले कुटपिट गरेर बर्षाको शरीरमा घाउ चोट समेत लागेको छ । मोहनले दैनिक लागुपदार्थ सेवन गरेर शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासु ससुराले समेत बेवास्ता गरेको बर्षाले प्रहरीसमक्ष बताएकी छन् । गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घरखर्च नदिने, यातना दिने र सासु जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको बर्षाले प्रहरीलाई बताएकी छन् ।
श्रीमानले मलाई दिनहुँ यातना दिएपछि आफुले प्रहरीमा उजुरी दिएको बताउंदै बर्षाले आइतबार पनि श्रीमानले कुटपिट गरी घाइते बनाएपछि दिदीको घरमा आएर शरण लिएको बताइन् ।
एक छोराकी आमा वर्षा थारूले आफूले न्याय नपाएसम्म घर फर्कन नसक्ने बताइन् । घरमा ससुराले केही सहानुभूति देखाउने गरे पनि तिलोत्तमा नगरपालिकाकी उपप्रमुखसहित रहेकी सासु जागेश्वरीले निकै हेला गर्ने गरेको बर्षाको आरोप छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले वर्षाका श्रीमान् मोहन थारु सम्पर्कविहीन भएको बताए । उनले वर्षाको शरीरमा रहेको चोटबारे जानकारी लिन लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको ओसीएमसीमा पठाइएको तर वर्षा प्रहरीको सम्पर्कमा नआएको बताए । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको र वर्षालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको समेत उनले बताए ।
जागेशवरी चौधरी नेकपा (एमाले)बाट दोस्रोपटक तिलोत्तमा नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी हुन् ।

≪ Previous Post

हत्या गरी फरार अभियुक्त रुपन्देहीको बेलहियाबाट पक्राउ

Next Post ≫

रुपन्देही प्रहरीद्वारा १० लाख वढिको अवैध सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क