Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा आगजनी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा आगजनी

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0
बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा  आगजनी
80
SHARES
ShareTweet


मकवानपुरमा गाडीमा आगजनी


काठमाडौं, १५ साउन । काभ्रेको बनेपा बजारमा बम विस्फोट भएको छ । स्थानीयका अनुसार बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै मंगलबार राति बम बिस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ ।
यस्तै झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेका एनसेल टावरमा आगजनी गरिएको हो ।
त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् ।
बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले बुधबार बागमतीसहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ । विप्लव नेतृत्वको नेकपाले बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ । विस्फोटको जिम्मा भने अहिले सम्म कसैले लिएको छैन ।

≪ Previous Post

आज २०७६ श्रावण १५ गते बुधवार तदनुसार ३१ जून २०१९ काे राशिफल ।

Next Post ≫

किन लम्बिदै छ कांग्रेस बैठक ?

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क