Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ किन लम्बिदै छ कांग्रेस बैठक ?
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

किन लम्बिदै छ कांग्रेस बैठक ?

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0
किन लम्बिदै छ कांग्रेस बैठक ?
60
SHARES
ShareTweet


काठमाडौं, १५ साउन । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लम्बिने देखिएको छ । पार्टीको आन्तरिक विषयमा १४ वटा एजेन्डा प्रस्तुत गरेर सुरु भएको बैठक केही दिन अझै लम्बिने देखिएको हो । दुई वटा एजेन्डामा मात्रै छलफल भएको छ ।
असार २२ मा सुरु भएको बैठकमा महामन्त्री पूर्णबहादुर खडकाले पार्टीको नियमवाली, अन्तरिम संरचना, १४ औं महाधिवेशनको कार्यतालिका, भातृ संस्थाहरु सहितको एजेन्डा प्रस्तुत गरेका थिए । बैठकले नियमावलीको सन्दर्भमा मात्रै निर्णय गरेको छ भन्ने अन्तरिम संरचना र महाधिवेशनको कार्यतालिका बारेको छलफल सकिएको जनाएको छ ।
मंगलबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खडका, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सितादेवी यादव र केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले धारणा राखेका थिए । प्रवक्ता विश्वप्रकाश शर्माले अन्तरिम संरचना र महाधिवेशनको वारेमा धारणा राख्ने क्रम मंगलबार सकिएको बताए । ‘बुधबारदेखि अन्य एजेन्डा माथी छलफल सुरु हुन्छ’, शर्माले भने । बैठक बुधबार दिउँसो ३ बजे पुनः बस्ने कांग्रेस पार्टी कार्यलयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
संक्रमणकालिन व्यवस्था अनुसार अन्तरिम संरचना बनाएर महाधिवेशनमा जाने वा महाधिवेशनको कार्यतालिका तय गर्ने भन्ने सकस भएको छ । सभापति शेरबहादुर देउवामाथी इत्तर समुहका नेताहरुले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न दवाव बढाइरहँदा सभापति माथी अन्तरिम संरचनाको गठन र पार्टीले घोषणा गरेको जागरण अभियानलाई देखाएर महाधिवेशनको कार्यतालिका पर धकेल्न लागेको आरोपसमेत लगाइने गरेको छ । केन्द्रिय समिति जारी रहेको बेला मंगलबार इत्तर पक्षका नेताहरुले प्रकाशमान सिंहको निवासमा रणनीति बनाउन अनौपचारिक बैठक गरेका थिए ।
बैठकमा सिंह सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, नेताहरु अजुर्ननरसिंह केसी लगायत उपस्थित थिए । नेता सिंहले महाधिवेशनको बारेमा ठोस निर्णय नभएसम्म अब आफूहरु कुनै पनि पार्टीको अन्य काम अघि नबढाउने पक्षमा रहेको बताए । ‘अन्य कामहरु पनि गर्नु हुँदैन भन्ने होइन’, सिंहले भने, ‘तर महाधिवेशनको बारेमा पहिला पार्टीले निर्णय गर्नुप¥यो ।’
अन्तरिम संरचना गठन गरेर महाधिवेशन प्रक्रियाको थालनी गर्ने वा जारी केन्द्रीय समिति बैठकबाटै १४ औँ महाधिवेशनको प्रक्रिया तय गर्ने भन्नेमा कांग्रेस भित्र पछिल्लो समयमा विवाद देखिएको छ पार्टीको विधानको धारा ७२ को उपधारा ४ बमोजिमको अन्तरिम संरचना निर्माण गरेर १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने उल्लेख छ । कांग्रेसको विधानले महाधिवेशनको पक्रिया एक वर्ष अगावै प्रारम्भ गर्नुपर्ने व्यवस्थासमेत गरेको छ । विधानतह महाधिवेशनको एक वर्ष पूर्व कांग्रेस क्रियाशिल सदस्यताको पुनरावलोकन सहित स्थानीय अधिवेशनहरुको प्रक्रिया प्रारम्भ गर्नुपर्ने हुन्छ ।
कांग्रेसमा अहिले प्रदेश, निर्वाचन क्षेत्र र स्थानीय तहको स्तरमा पार्टी संरचना नै छैन। सभापति देउवा पक्ष यी संरचनाहरु निर्माण गरेर मात्रै १४ औं महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्नु पर्नेमा देखिएका छन् । भने इत्तर पक्षले महाधिवेशनकै प्रक्रिया प्रारम्भ गरेर यी संरचनाहरु बनाउनु पर्ने अडान राखेका छन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

≪ Previous Post

बनेपामा बम बिस्फोट, झापामा एनसेल टावरमा आगजनी

Next Post ≫

आज साउन १५, खीर खाने दिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क