Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पन्थीद्वारा पदभार ग्रहण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पन्थीद्वारा पदभार ग्रहण

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७९ · 0
बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पन्थीद्वारा पदभार ग्रहण
80
SHARES
ShareTweet

जनप्रतिनिधि र कर्मचारी समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता
बुटवल, १५ साउन । कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट सरुवा भई आएका बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आइतबार पदभार ग्रहण गरेका छन् ।
नेपाल सरकारका उपसचिव पन्थी बाणगंगा भन्दा अघि रुपन्देहीको सैनामैना नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए । संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले पन्थी सहित ३४ जना उपसचिवको सरुवा गर्दा पन्थीले बुटवल उपमहानगरको जिम्मेवारी पाएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले एक कार्यक्रमका बीच स्वागत गरेका थिए ।
बुटवल उपमहानगरमा पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत पन्थीले ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधिसहित सरोकारवाला सबैसंग सहकार्य गर्दै बुटवललाई सुशासनयुक्त, पारदर्शी र सेवाग्राहीमैत्री उपमहानगरको रुपमा पहिचान दिलाउने बताए । नगरप्रमुखको निर्देशनबाहिर गएर आफुले कुनैपनि निर्णय र काम नगर्ने पन्थीले प्रतिबद्धता जनाए ।
स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले कर्मचारी संयन्त्रलाई विश्वासिलो र जनउत्तरदायी बनाउन प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई निर्देशन दिए । स्थानीय सरकारलाई सफल बनाउनका लागि जनप्रतिनिधि र कर्मचारी समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै प्रमुख पाण्डेले जनप्रतिनिधि सफल हुनु नहुनुमा कर्मचारी संयन्त्रको महत्वपुर्ण भूमिका रहने बताए ।
उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
उपमहानगरका अधिकृत विष्णु प्रसाद खनालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन बुटवल इकाईका अध्यक्ष अनिलकुमार माण्डव्यलगायतले प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
बुटवल उपमहानगरपालिका ४ लक्ष्मीनगर निवासी पन्थीसंग देशका ४५ वटा भन्दा धेरै पालिकामा काम गरेको अनुभव छ । सेवाग्राहीका फाइल ५ मिनेट भन्दा धेरै समय नरोक्ने प्रमुख प्रशासकीय अधिकृतकारुपमा प्रशंसा कमाएर उनले आफ्नो बेग्लै छवि समेत बनाएका छन् ।

≪ Previous Post

कर्तव्य ज्यान मुद्दाका फरार चार अभियुक्त पक्राउ

Next Post ≫

हत्या गरी फरार अभियुक्त रुपन्देहीको बेलहियाबाट पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क