Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कर्तव्य ज्यान मुद्दाका फरार चार अभियुक्त पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कर्तव्य ज्यान मुद्दाका फरार चार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७९ · 0
कर्तव्य ज्यान मुद्दाका फरार चार अभियुक्त पक्राउ
70
SHARES
ShareTweet

सुनसरी, १५ साउन । जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार चारजना मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने वर्ष २० को सुमन तामाङलाई कुटपिट गरी कर्तब्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका कसुरदार मध्ये वविनारायण चौधरी, सुसिल राई र अनिष भन्ने राज मगरलाई पक्राउ गरेको हो ।
घटना विवरण अनुसार गत जेठ ५ गते रातको समयमा ईटहरी उपमहानगरपालिका ४ स्थित बुढीखोला छेउको खाली जग्गामा सुसिल राई, अनिष भन्ने राज मगर, ववि नारायण चौधरी, विर्ख भन्ने डम्वर बहादुर भुजेल र अर्जुन वि.क.ले सुमन तामाङलाई ईटा लगायत हातहतियार टाउको समेतमा प्रहार गरी गम्भीर घाईते बनाई छाडेका थिए । घाईते अबस्थामा रहेका तामाङलाई प्रहरीले उद्दार गरी उपचारको लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा निज तामाङको मृत्यु भएको थियो ।
प्रहरी अनुसन्धानमा तामाङको कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका कसुरदारहरु मध्ये चौधरी, राई र मगरलाई पक्राउ परी अनुसन्धान पश्चात पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सूचना अधिकृत विष्णुबहादुर खड्काले बताए ।
यस्तै उक्त कसुरमा संलग्न मुख्य योजनाकार जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका ४ गैरीगाँउ बस्ने बर्ष २८ को विर्ख भन्ने डम्वर बहादुर भुजेल पनि घटना पश्चात फरार रहेकोले खोज तलास गर्ने क्रममा यही साउन १३ गते निजकै घरगाउँमा लुकिछिपी वसेको अबस्थामा प्रहरीले पक्राउ गरी आज आईतबार सुनसरी जिल्ला अदालतमा उपस्थित गराएको छ ।

≪ Previous Post

नवलपुरमा पोखरीमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका युवाको उद्दार

Next Post ≫

बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पन्थीद्वारा पदभार ग्रहण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क