Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपुरमा पोखरीमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका युवाको उद्दार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरमा पोखरीमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका युवाको उद्दार

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७९ · 0
नवलपुरमा पोखरीमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका युवाको उद्दार
110
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपुर, १५ साउन । पूर्वी नवलपरासीमा डुबेर दुई जना बालबालिकाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १४ हेगौलीमा २ बर्षीया बालिकाको माछा पोखरीमा डुबेर निधन भएको हो ।
कावासोती – १४ हेगौली बस्ने पुरण चौधरीकी २ बर्षीया छोरी प्रिन्सा चौधरी आफ्नै घर अगाडी आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबी निधन भएको हो ।
डुबिरहेको अवस्थामा बालिकाको आफन्तले देखि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याएकोमा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी पूर्वी नवलपरासीको कावासोती ४ झोलुङ्गे पुल नजिकै पोखरीमा पौडी खेल्ने क्रममा डबुरे एक जना बालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका १० गणेश टोल बस्ने माया सिंजालीको ६ बर्षीय छोरा रितिक सिंजालीको पौडी खेल्ने क्रममा अचानक डुबेर निधन भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको प्रहरीले स्थानीयको सहयोगमा खोजतलास गरी फेला पारी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।
त्यस्तै नवलपुरको गैडाकोट नगरपालिका १ ब्रिटिश क्याम्प नजिक नारायणी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका युवकको प्रहरीले उद्दार गरेको छ ।
चितवन भरतपुर महानगरपालिका वडा नं. १० बस्ने बर्ष २४ को सुजन थापा पौडी खेल्ने क्रममा नारायणी नदिले बगाई लगेको र उनको इलाका प्रहरी कार्यालय गैडाकोट र स्थानीयको सहयोगमा उद्दार गरिएको प्रहरीले जनाएको छ । उनको चितवन स्थित नयां मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

देशका धेरै स्थानहरूमा मेघ गर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षा

Next Post ≫

कर्तव्य ज्यान मुद्दाका फरार चार अभियुक्त पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क