Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज साउन १५ खिर खाने दिन :‘खिर खाऔं, आफ्नो परम्परा जोगाऔं’
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

आज साउन १५ खिर खाने दिन :‘खिर खाऔं, आफ्नो परम्परा जोगाऔं’

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७९ · 0
आज साउन १५ खिर खाने दिन :‘खिर खाऔं, आफ्नो परम्परा जोगाऔं’
110
SHARES
ShareTweet

काठमाडौं, १५ साउन । आज साउन १५ गते । अर्थात्, खिर खाने दिन । हरेक वर्ष साउन १५ मा खिर खाने नेपाली परम्परा छ ।
नेपाल डेरी एसोसिएसनले यस वर्षको साउन १५ मा खिर खाऔं, आफ्नो परम्परा जोगाऔं भन्ने नाराका साथ देशभर सबैलाई खिर खान आव्हान गरेको छ । यस दिन देशैभर सबैले खिर खाने चलन छ ।
साउन १५ लाई नेपालमा राष्ट्रिय दुग्ध विकास बोर्डले विगत केहि वर्ष यता खिर दिवसको रुपमा मनाउँदै आएको छ । यस वर्ष पनि बोर्डले पोषिलो खिर, स्वस्थ्य शरीर भन्ने नाराका साथ खिर दिवस मनाउन लागेको नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए । नेपाल डेरी एसोसिएसनले पनि देशका सातै प्रदेशका विभिन्न स्थानमा खिरको महत्त्व बुझाउने एवं खिर खुवाउने कार्यक्रम राखेको अध्यक्ष दाहालले बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार विश्वमा खिर खाने प्रचलन १४औँ शताब्दीबाट सुरु भएको पाइन्छ । खिर खाने प्रचलनको सुरुवात छिमेकी मुलुक चीनबाट भएको अनुमान गरिन्छ ।
हाल खिर विश्वका अधिकांश मुलुकहरूमा विभिन्न नामबाट (भारतको गुजरातमा दूधपाक, बंगालीमा पायस, श्रीलंकार्मा क्रीवाथ) प्रयोग गर्ने गरेको पाइन्छ । खासगरी मध्यपूर्व एसिया, उत्तर अफ्रिका, पश्चिम एसिया, सार्क क्षेत्रमा बढी मात्रामा खिरको प्रयोग हुने गरेको पाइन्छ । युरोप र अमेरिकामा समेत खिरलाई एक विशिष्ट खानाका रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।
नेपालमा यसको प्रयोग परापूर्वकालदेखि नै हुँदै आएको पाइन्छ । विशेषगरी नेपालमा धान रोपाइँ कार्य असारसम्ममा सम्पन्न गरिन्छ । खेती कार्यमा ह्रास भएको शक्तिलाई पुनर्जागरण प्रदान गर्नका लागि साउनमा खिर खाने गरेको पाइन्छ ।
साधारणतया १०० ग्राम खिरमा ९२ क्यालोरी शक्ति प्राप्त हुन्छ भने पानी ८८.९, कार्बाेहाइड्रेड १६.४, प्रोटिन ३.३, प्mयाट १.३ र फाइवर ०.१ ग्राम प्राप्त हुने बोर्डले उल्लेख गरेको छ । एक स्वस्थ व्यक्तिलाई प्रतिदिन २,१०८ क्यालोरी शक्ति आवश्यक पर्छ ।
बोर्डका अनुसार खिर एक स्वस्थ्यकर पौष्टिक खाद्यपदार्थ हो । यसबाट मानव शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्वहरू प्राप्त हुने गर्छ । साउन १५ मा खिर खाने प्रचलनबीच ०७७ साल फागुन १५ गते बसेको बोर्डको कार्यकारी समितिको बैठकले यस दिनलाई खिर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
प्रत्येक वर्ष साउनको १५ गते खिर खाइन्छ । यस दिन कुनै धार्मीक महत्व नभएपनि साँस्कृतिक रुपमा हाम्रो देश कृषि प्रधान भएको नाताले यो दिनको बेग्लै महत्व रहेको छ । एक महिना अघि असार १५ गते दहि चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन छ । हरेक महिनामा एक विशेष प्रकारको खानेकुरा खाने भने झैं साउनमा खिर खाइन्छ ।
यो पहिलेदेखि नै रहँदै आएको थिति भएको संस्कृतिविद्हरु बताउँछन् । यो पुरानै चलन हो । साउनमा हरियो परियो धेरै पाइने हुनाले गाईले दुध बढि दिने हुँदा यो समयमा खिर खाने गरिएको हो भन्ने चलन पनि छ ।
दुग्ध क्षेत्रले नेपाली अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एकतिहाइ (३१.६९ प्रतिशत) रहेको बोर्डले जनाएको छ ।
वर्षका विभिन्न महिनामा एक विशेष परिकार खाने चलन हाम्रो देशमा परम्परा जस्तै रहँदै आएको छ । असार १५ मा दही चिउरा खाने, मंसिर १५ मा न्वागी खाने, माघमा खिचडी खाने, दशैमा मासु खाने, तिहारमा सेल खाने तथा पुस १५ मा घिउ खट्टे खाने आदि विभिन्न चलन चल्दै आएका छन् । त्यस कारण यी यस्ता परम्परा भनेकै हाम्रो देशको पहिचान हो । त्यस कारण हामीले यी र यस्ता सबै किसिमका चाड पर्व मनाउने गरेका छौँ ।

≪ Previous Post

अमरज्योति सहकारी संस्थाद्वारा विमा रकमको पाँच लाख हस्तान्तरण

Next Post ≫

देशका धेरै स्थानहरूमा मेघ गर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क