बुटवल, १४ साउन । अमरज्योति वचत तथा ऋण सहकारी संस्था लि., वुटवल ११ कालिकानगर, रुपन्देहीले आफ्ना दिवंगत शेयर सदस्यका परिवारलाई आज (शनिबार) विमा रकमको पाँच लाख रूपियाँ हस्तान्तरण गरेको छ ।
गत जेठ ६ गते दुर्घटनामा परी दिवंगत भएका संस्थाका शेयर सदस्य पशुपति भट्टराईको परिवारलाई दुर्घटना विमा वापतको पाँच लाख रूपियाँ हस्तान्तरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज पन्थले जानकारी दिए ।
सहकारीको कार्यालयमा आयोजित एक कार्यक्रमबीच दिवंगत शेयर सदस्य भट्टराईकी पत्नी इन्द्रकला भट्टराईलाई संस्थाका अध्यक्ष केशवराज पोखरेल र नेको विमा कम्पनीका लुम्बिनी प्रदेश प्रमुख रमेश थापाले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन् । संस्थाका सचिव लक्ष्मणप्रसाद ज्ञवालीको सञ्चालनमा भएको विमा रकम हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पौडेललगायतले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत शेयर सदस्यहरुको हितमा काम गर्दै आएको बताए ।