बुटवल, १३ साउन लुम्बिनी प्रदेश सभामा नव गठित चारवटा बिषयगत समितिका सभापतिहरूले शुधmबार सपथग्रहण गरेका छन् ।
विषयगत समितिका सभापतिहरुलाई लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले एका कार्यक्रमकावीच प्रदेश सभा सचिवालयमा पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।
सपथग्रहणसँगै चारैजना सभापतिहरूले पदभार ग्रहण गरेका छन् । प्रदेश सभामा रिक्त रहेका चार बिषयगत समिति सभापति पदका लागि बुधबार मनोनयन गर्ने समयमा चारवटै समितिमा एकल उम्मेदवारी परेपछि निर्वरोध निर्वाचित भएका थिए ।
प्रदेश सभाको महत्त्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बिष्णु प्रसाद पन्थी, अर्थ,उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी, कृषि वन तथा वातावरण समितिको सभापतिमा नेकपा एमालेकै जाल्पा भुसाल र सामाजिक विकास समितिको सभापतिमा पनि एमालेकै बाबुराम गौतम निर्वाचित भएका थिए ।