Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको सडक समयमा पूरा नगर्ने ठेकेदारलाई ठेक्का सम्झौता अन्त्य गर्ने आयोजनाको चेतावनी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको सडक समयमा पूरा नगर्ने ठेकेदारलाई ठेक्का सम्झौता अन्त्य गर्ने आयोजनाको चेतावनी

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७९ · 0
बुटवलको सडक समयमा पूरा नगर्ने ठेकेदारलाई ठेक्का सम्झौता अन्त्य गर्ने आयोजनाको चेतावनी
120
SHARES
ShareTweet

सात दिन भित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टिकरण दिन निर्देशन
बुटवल, १३ साउन । ब्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक, बुटवल रुपन्देहीले बुटवलको चौराहा–चिडियाखोला सडक समयमा पूरा नगर्ने ठेकेदारसंग स्पष्टिकरण सोधेको छ ।
ब्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण कम्पनिले सडक निर्माण कार्य सम्पन्न नगरेको तथा निर्माण कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएको हुंदा सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौताको शर्त बमोजिम ठेक्का सम्झौता अन्त्य किन नगर्ने भन्दै ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मनासिव कारण भएमा सात दिन भित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टिकरण दिन सूचना मार्फत निर्देश गरेको छ ।
आयोजनाले समयमा उपस्थित भई स्पष्टिकरण पेश नगरेमा वा प्राप्त स्पष्टिकरण चित्त बुझ्दो नभएमा ठेकेदारलाई ठेक्का सम्झौताका शर्त तथा प्रचलित ऐन नियम बमोजिम कानुनी कारवाहीको ठेकेदारलाई कानूनी कारवाहीको प्रकृया अघि बढाउने चेतावनी दिएको छ ।
आयोजनाले जारी गरेको सूचनामा वाह्य कारण विनै काममा प्रगति नगरेको र संशोधित कार्यतालिका पेश गर्न पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले सार्वजनि खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौताको शर्त वमोजिम ठेक्का सम्झौता अन्त्य किन नगर्ने उल्लेख छ । कन्चनजंघा ÷बिरुवा जेभीले ठेक्का पाएको यो सडक दुई पटक म्याद थप्दा पनि पूरा भएको छैन ।
निर्माण पूरा नगरेको विषयमा सात दिन भित्र आधिकारिक व्यक्तिहरु उपस्थित भई स्पष्टिकरण दिन निर्माण कम्पनिलाई निर्देशन गरेको आयोजना प्रमुख दीपक झाले बताए । निर्माण व्यवसायी सुबित श्रेष्ठको नाममा रहेको निर्माण कम्पनी कन्चनजंघा÷बिरुवा जेभीको चरम लापरवाहीका कारण निर्धारित समयमा निर्माण पुरा नभएको भन्दै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले समेत सडक विभागमा डेलिगेसन गएर निर्माण व्यवसायीको म्याद नथप्न आग्रह गरेका थिए ।
सडक निर्माण पूरा नहुंदा बुटवलको मुख्य बजार क्षेत्रको सडकमा जताततै खाल्डैखाल्डा परेका छन् । सडकको दुर्दशाका कारण एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतर्फ पैदल यात्रीलाई समेत हिडडुल गर्न निकै सास्ती भएको छ ।
साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो । तर अन्तिमपटकका लागि भन्दै थपिएको म्याद पनि यही असार ३० गते सकिएको छ । असार मसान्तसम्म करिब २६ प्रतिशत मात्रै भौतिक प्रगति भएको बुटवल–बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक झाले बताए । शुरुमा सम्झौता गर्दा ४७ करोड २७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएकामा संशोधित हुदा लागत बढेर ५३ करोड ९८ लाख रुपैयाँमा सम्झौता भएको हो । ठेकेदार कम्पनीले करिब १४ करोड रुपैयां भुक्तानी लगिसकेको छ ।

≪ Previous Post

इन्जिनमा खराबी देखिएपछि उडेको ६ मिनेटमै यतिको विमान पोखरामा अवतरण

Next Post ≫

लुम्बिनी प्रदेशसभामा ४ वटा बिषयगत समितिका सभापतिद्वारा सपथग्रहण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क